१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

शनिबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन ०३, २०८२

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ।

वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ।

मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि उत्तिकै हुन सक्छ। भावनामा बग्नु भन्दा यथार्थ सोच्नु उपयुक्त हुनेछ। अध्ययन, लेखन वा कलामा रुचि बढ्नेछ।

कर्कट-पारिवारिक छलफल वा घरको काममा समय जान सक्छ। आत्ममूल्यांकनको आवश्यकता देखिन्छ। मनमा चञ्चलता आउन सक्छ, तर संयम राख्दा राम्रो हुनेछ।

सिंह-सामाजिक सम्मान, सृजनशील कार्य र बोलिचालिमा सुधार आउने दिन हो। प्रेममा उत्साह आउनेछ। भाइबहिनी वा सहकर्मीको सहयोग पाइनेछ।

कन्या-धेरै दिनदेखिका समस्याहरू क्रमशः हल हुँदै जानेछन्। आर्थिक लाभ, सानोतिनो किनमेल वा परिवारसँग रमाइलो समय बिताउने संकेत देखिन्छ।

तुला-आफ्नै राशिमा चन्द्रमा भएकाले आत्मबल बढ्नेछ। नयाँ योजना सुरु गर्न सकिने समय हो। बोलीमा मिठास ल्याउनु लाभदायक हुनेछ। आत्मविश्वास बढ्नेछ।

वृश्चिक-भित्री कुरा अरुलाई भन्नु ठीक नहोला। मानसिक अस्थिरता हुनसक्छ, तर संयम राख्दा फाइदा हुनेछ। आराम र ध्यान आवश्यक देखिन्छ।

धनु-मित्रताको वातावरण सुदृढ बन्नेछ। समूहमा काम गर्दा सफलता मिल्नेछ। भविष्यप्रति आशा जाग्नेछ। अध्ययन वा अनुसन्धानमा मन जानेछ।

मकर-पद, प्रतिष्ठा र जिम्मेवारीमा वृद्धि हुने दिन हो। कुनै सम्मान वा अवसर पाउन सकिने समय हो। लक्ष्यप्रति समर्पित भइ कार्य गर्नु लाभदायक हुनेछ।

कुम्भ-बौद्धिक चिन्तन, दर्शन र अध्यात्ममा मन जानेछ। यात्राको योग पनि देखिन्छ। प्रेम सम्बन्धमा सुधार र समझदारी बढ्नेछ।

मीन-खर्च बढ्ने सम्भावना छ, ऋण वा साझेदारीमा विशेष ध्यान दिनु पर्नेछ। भावना र व्यवहारमा सन्तुलन कायम राख्नु बुद्धिमानी हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!