१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

२०८१ साउन ९ गते सौर्य एयरलायन्सको विमान दुर्घटनाको मुख्य कारण पाइलटकै त्रुटि भएको प्रतिवेदन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ०३, २०८२

काठमाडौं । २०८१ साउन ९ गते सी–चेकका लागि काठमाडौंबाट पोखराका लागि उडेलगत्तै दुर्घटना भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाको मुख्य कारण जहाजको प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको जाँच आयोगले शुक्रबार सार्वजनिक गरेको अन्तिम प्रतिवेदनले टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग अत्यधिक माथि उचालेका कारण ‘पिच रेट’ बढी हुन गई जहाजको गति घटेर दुर्घटना भएको औँल्याएको हो ।

उडानका क्रममा जहाजको अगाडिको भाग स्वीकृत मापदण्डभन्दा अत्यधिक माथि उचालिनुलाई ‘पिच रेट’ बढी हुनु भनिन्छ । यस्तो अवस्थामा जहाजको गति घटेर आकासमै अड्किएजस्तो स्थिति उत्पन्न हुन्छ । यस्तो अवस्थामा जहाजको अगाडिको भाग अत्यधिक उचालिएर पखेटामा हावाको बहाव ठप्प हुन्छ । यसले गर्दा जहाजले उचाइ लिन नसकी दुर्घटना हुन्छ । यस कम्पनीका अरू उडानमा पनि तोकिएको मापदण्डभन्दा बढी ‘पिच रेट’ मा जहाज उडाउने गरेको आयोगको प्रतिवेदनमा उल्लेख ।

सौर्य एयरको ५० सिट क्षमताको क्यानेडीयन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । हाल उनी ग्राउन्डेड नै छन् । सौर्य एयरलायन्सलाई पनि व्यावसायिक उडानमा रोक नै लगाइएको छ । ६ हजार १ सय ८५ घन्टा उडान अनुभव भएका शाक्यले उक्त उडान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!