२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतका तेलुगु प्रसिद्ध हास्य कलाकार तथा अभिनेता फिश वेंकटको ५३ बर्षको उमेरमा निधन,

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन ०३, २०८२

 

काठमाडौं । भारत अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्।

फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो।

यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका लागि आर्थिक सहयोग गरे।  उपचारको क्रममा उनले मिर्गौला दाता भेट्टाउन सकेनन्। हैदराबादको पीआरके अस्पतालमा मिर्गौला फेल भएका कारण उनको मृत्यु भयो।

अभिनेताको अवस्था कसरी बिग्रियो ?
डाक्टरहरूले उनलाई मिर्गौला प्रत्यारोपण गर्न भनेका थिए। तर उनीसँग आफ्नो उपचार गराउन पर्याप्त पैसा थिएन। अभिनेताको परिवारले उनको उपचार खर्च धान्न सकेन। पछिल्ला केही हप्तादेखि उनको स्वास्थ्य बिग्रँदै गएको थियो।

अभिनेताको मिर्गौला प्रत्यारोपणका लागि ५० लाख रुपैयाँ आवश्यक थियो। उनकी छोरी श्रावन्तीले पनि आर्थिक सहयोगका लागि अपिल गरेकी थिइन्। यदि अभिनेताको सही समयमा उपचार भएको भए उनलाई बचाउन सकिन्थ्यो। तर दुर्भाग्यवश यो हुन सकेन।

कसरी पहिचान पाए ?
फिश वेंकटको जन्म सन् १९७१ मा आन्ध्र प्रदेशको मछलीपट्टनममा भएको थियो। आफ्नो अभिनय करियरमा फिश वेंकटले १०० भन्दा बढी फिल्ममा काम गरेका थिए। उनी सहायक र हास्य भूमिकाका लागि प्रसिद्ध थिए।

२००० मा उनले फिल्म समक्का सरक्काबाट अभिनयको दुनियाँमा प्रवेश गरे। उनी प्रायः पर्दामा खलनायकको भूमिकामा देखिएका थिए। साथै, उनले केही फिल्ममा हास्य कलाकार बनेर मानिसलाई हँसाए।

उनले ‘अधूर’,‘गब्बर सिंह’, र ‘डीजे टिल्लु’ जस्ता चलचित्रबाट आफ्नो छाप छोडे। आज उनी यो संसारमा छैनन्, तर उनले निर्वाह गरेका पात्रहरू अझै पनि प्रशंसकहरूको मनमा जीवित छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!