२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतका तेलुगु प्रसिद्ध हास्य कलाकार तथा अभिनेता फिश वेंकटको ५३ बर्षको उमेरमा निधन,

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन ०३, २०८२

 

काठमाडौं । भारत अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्।

फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो।

यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका लागि आर्थिक सहयोग गरे।  उपचारको क्रममा उनले मिर्गौला दाता भेट्टाउन सकेनन्। हैदराबादको पीआरके अस्पतालमा मिर्गौला फेल भएका कारण उनको मृत्यु भयो।

अभिनेताको अवस्था कसरी बिग्रियो ?
डाक्टरहरूले उनलाई मिर्गौला प्रत्यारोपण गर्न भनेका थिए। तर उनीसँग आफ्नो उपचार गराउन पर्याप्त पैसा थिएन। अभिनेताको परिवारले उनको उपचार खर्च धान्न सकेन। पछिल्ला केही हप्तादेखि उनको स्वास्थ्य बिग्रँदै गएको थियो।

अभिनेताको मिर्गौला प्रत्यारोपणका लागि ५० लाख रुपैयाँ आवश्यक थियो। उनकी छोरी श्रावन्तीले पनि आर्थिक सहयोगका लागि अपिल गरेकी थिइन्। यदि अभिनेताको सही समयमा उपचार भएको भए उनलाई बचाउन सकिन्थ्यो। तर दुर्भाग्यवश यो हुन सकेन।

कसरी पहिचान पाए ?
फिश वेंकटको जन्म सन् १९७१ मा आन्ध्र प्रदेशको मछलीपट्टनममा भएको थियो। आफ्नो अभिनय करियरमा फिश वेंकटले १०० भन्दा बढी फिल्ममा काम गरेका थिए। उनी सहायक र हास्य भूमिकाका लागि प्रसिद्ध थिए।

२००० मा उनले फिल्म समक्का सरक्काबाट अभिनयको दुनियाँमा प्रवेश गरे। उनी प्रायः पर्दामा खलनायकको भूमिकामा देखिएका थिए। साथै, उनले केही फिल्ममा हास्य कलाकार बनेर मानिसलाई हँसाए।

उनले ‘अधूर’,‘गब्बर सिंह’, र ‘डीजे टिल्लु’ जस्ता चलचित्रबाट आफ्नो छाप छोडे। आज उनी यो संसारमा छैनन्, तर उनले निर्वाह गरेका पात्रहरू अझै पनि प्रशंसकहरूको मनमा जीवित छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]