२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको लामो समयदेखि रोकिएको एसएसपीको बढुवा बेलुका निकाल्ने तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०४, २०८२

काठमाडौं । बढुवा समितिका अध्यक्ष सचिव गोकर्णमणि दुवाडी र सदस्यसचिव एआइजी दानबहादुर कार्की सोमबारदेखि भारत भ्रमणमा जाने भएकाले सकेसम्म आज नत्र सोमबार बिहान निकाल्ने तयारी भइरहेको छ।

७ साउनभित्र बढुवा सिफारिस गरिसक्नुपर्ने कानूनी बाध्यता छ।

बढुवाका ११ पदमा ३३ एसपीबिच प्रतिस्पर्धा छ। प्रहरीको एमटीतर्फ रिक्त रहेको एसएसपी पदलाई पनि स्थानान्तरण गरेर बढुवा निकाल्ने सम्भावना छ।

जेष्ठताका आधारमा विमल बस्नेत र प्रकाश रानाभाट सबैभन्दा अगाडि छन्। त्यसपछि कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजिब कुमार बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रबिण धिताल, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशराज काफ्ले अगाडि छन्।

त्यस्तै, अमरेन्द्र सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिमल्सिना र रमेश पण्डित पनि बढुवाका दाबेदार छन्।

जुनियर रहेका जनकबहादुर शाही, चक्रराज जोशी, श्यामसिंह चौधरी, पदमबहादुर बिष्ट र योगेन्द्रसिंह थापालाई बढुवा गर्न गृहमन्त्री रमेश लेखकले दबाब दिएपछि बढुवा लम्बिएको हो ।

सात एसपी र डिएसपीमा पनि गृहसचिव भारत जानुअघि नै सिफारिसको तयारी छ। गृह मन्त्रालयमा बढुवाका लागि आइतबार बैठक बसेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!