काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । उनले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सोही भेटवार्ताका लागि भण्डारी केहीबेर अघि नै पार्टी कार्यालय पुगेकी थिइन् । उनी केहीबेरदेखि प्रधानमन्त्री ओलीलाई पार्टी कार्यालयमै कुरिरहेकी छिन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको थियो ।
अब केहीबेरमै उनीहरू वार्तामा जुट्नेछन् । भण्डारीले गरेको सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो भिड छ ।