२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मधेश प्रदेश डिआईजी उमा प्रसाद चतुर्बेदीद्धारा virtual माध्यमबाट प्रहरी प्रमुखहरुलाई निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०४, २०८२

मधेश प्रदेश डिआईजी उमा प्रसाद चतुर्बेदीद्धारा virtual माध्यमबाट प्रहरी प्रमुखहरुलाई निर्देशन

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुखज्यूबाट मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय राजविराज), नेपाल प्रहरी प्रदेश कार्यालय, विरगंज (हाल जनकपुर), नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका गण प्रमुख, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषाका गण प्रमुख, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु, ईलाका प्रहरी कार्यालयहरु, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म, विरगंज, नेपाल प्रहरी स्कुल जिंगडिया, रौतहटका प्रमुखहरुलाई वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्य नजर गर्दै आफ्नो मातहत समेतका इकाईहरुको काम कारवाहीको अवस्थाको सुपरिवेक्षण, प्रहरी आचरण तथा अनुशासन र शान्ति सुरक्षालाई चुस्त दुरुस्त रुपमा कायम राख्न, गैर व्यवसायिक प्रहरी कर्मचारीहरुलाई दण्डित गरी तत्काल विभागीय कारवाही, लागु औषध ओसार पसार नियन्त्रण, कार्य सम्पादन सम्झौता बमोजिम गर्नु पर्ने कार्य, सवारी दुर्घटना न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण, आन्तरिक शुद्धीकरण तथा प्रहरी कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि लगायत विषयहरुको अवस्थालाई समिक्षा गर्दै थप प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!