२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके ट्राफिकले एक बर्षमा सवा ३ करोड रुपैयाँ बढीको राजश्व संकलन ३७ हजार ४३५ सवारी साधन कारबाही,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०४, २०८२

बाँके । गत साउनदेखि असार मसान्तसम्ममा बाँकेभर गरिएको कारबाहीमा ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

ट्राफिक प्रमुख पन्तका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४३५  सवारी साधनलाई कारबाही गरिएको हो ।  जस अन्तर्गत ४२ सय ८८ ट्रक- टिपर, ८४ सय ३९ वटा बस तथा मिनी बस, ६५ सय ५५ जिप, १४ हजार ५०२ मोटरसाइकल र १२ सय १८ वटा ट्याक्टरलाई कारबाही गरिएको छ ।

ट्रक -टिपरलाई गरिएको कारबाहीमा ४२ लाख ६२ हजार रुपैयाँ, बसतर्फ ८६ लाख १७ हजार, जिपबाट ५३ लाख ९२ हजार, मोटरसाइकलबाट ९५ लाख १ हजार र ट्याक्टरतर्फबाट ९ लाख ८४ हजार ५ सय रुपैयाँ र टेम्पो लगायतबाट १५ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरिएको पन्तले जानकारी दिए ।

यस्तै जिल्लाभरमा भएका ८ सय ५२ वटा सवारी दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ५५ जना पुरुष, १० महिला, ४ बालक र एक बालिकाको मृत्यु भएको हो । प्रहरी निरीक्षक पन्तले दिएको जानकारी अनुसार १०२ जना पुरुष, २० महिला, १६ बालक र ४ बालिका गम्भीर घाइते हुँदा ४९७ जना पुरुष, १७६ महिला र ७० बालक तथा ४१ जना बालिका सामान्य घाइते भएका छन् ।

आ.व. ०८१-०८२ को अन्तिमसम्ममा चौपायातर्फ भएका ५७७ दुर्घटनामा २२ चौपायाको मृत्यु हुँदा ७ चौपाया घाइते भएका छन् ।  त्यस अवधिमा सबैभन्दा बढी ४८५ वटा मोटरसाइकल दुर्घटनामा परेको प्रहरी निरीक्षक पन्तले बताए ।

ट्राफिक प्रहरीले एक वर्षको दौरानमा २५ सय ५५ पटक ट्राफिक सचेतना कार्यक्रम गरेकोमा २ लाख ३२ हजार १८७ जना सर्वसाधारण लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्तले जानकारी दिए ।

लाखौं सर्वसाधारणलाई ट्राफिक सचेतना कक्षा दिँदै गर्दा जिल्लाका विभिन्न  स्थानमा नागरिक सुनुवाई कार्यक्रम गरिएको थियो भने सवारी साधनको मेकानिकल जाँच लगायत चालक तथा सहचालकका लागि आँखा शिविर समेत गरिएको पन्तले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।