२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मातृभूमि हिरो’अवार्ड नेपाल प्रहरीका (एआईजी) दानबहादुर कार्कीलाई प्रदान,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०४, २०८२

काठमाडौँ । रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई प्रदान गरिएको छ ।

रोटरी अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव समारोहमा कार्कीलाई रोटरी क्लबका डिस्ट्रीक गभर्नर विनोद कोइरालाले सम्मानपत्र र मालालगाई सम्मान गरेका छन् ।

उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा स्वरुप सम्मान गरेको क्लबले जनाएको छ ।

मातृभूमिले परोपकारी कार्यगरी समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिलाई हरेक वर्ष हिरो अवार्डद्वारा सम्मान गर्दै आएको छ । त्यस अवसरमा क्लबले रोटरीमा नेपालको तर्फबाट पहिलोपल्ट इन्टरनेसनल चेयर फर लिड फेलोसिपमा चुनिएका क्लबका पूर्वअध्यक्ष विष्णुहरि दाहाललाई समेत विशेष सम्मान गर्‍यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]