काठमाडौं । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, उत्तरी गाजामा संयुक्त राष्ट्रसङ्घको सहायताको प्रतीक्षामा रहेका कम्तीमा ६७ जनालाई इजरायली सेनाले गोली हानी हत्या गरेको जनाएको हो ।
संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले २५ ट्रक सहायता सामाग्री इजरायलबाट छिर्दै जाँच चौकी पार गरेपछि, भोकले व्याकुल ठूलो भीडसँग भेट भएको थियो । उनीहरूले खानेकुरा प्राप्तिको प्रयास गरिरहँदा इजरायद्यि सेनाले गोली चलाइएको थियो ।
इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले भने तत्कालीन खतरा हटाउन ‘चेतावनी स्वरूप गोली प्रहार’ गरेको जनाएको छ । मृतकको सङ्ख्यालाई लिएर भने विवाद देखिएको छ ।
शनिवार गाजाको स्वास्थ्य मन्त्रालयले अत्यधिक भोकमरी फैलिँदै गएको चेतावनी दिएको थियो र बढी सङ्ख्यामा मानिसहरू ‘अत्यन्त थकित र कमजोर’ अवस्थामा स्वास्थ्य सेवाका केन्द्रहरूमा आइरहेका बताएका थिए । एजेन्सी