कैलाली । धनगढी उपमहानगरपालिका ४ स्थित नास्ट कलेज नजिकै विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पु¥याएको हो ।
हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
आइतबार राति करिब १०ः ४५ बजे सुरु भएको आगलागी राति १२ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आगो निभाउन धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल प्रयोग गरिएको थियो । स्थानीय बासिन्दाहरु र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।
आगलागीका कारण सटरभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन् । घटनाको थप विवरण र क्षतिको मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ ।