काठमाडौं । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो। 
सिफारिस हुने एसपीहरूमा एक नम्बरमा तिलबहादुर कार्की, प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, दीपक पाेखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन्।
बढुवा सिफारिसमा यसपटक पनि एसपी बिमल बस्नेत र रामप्रकाश शाह छुटेका छन्। बस्नेत पहिलाे नम्बरमा भए पनि ५ वर्ष बढुवा राेक्काकाे कारबाहीमा परेका थिए। साह र बस्नेत राष्ट्रिय अनुसन्धान विभागकाे टाेलिबाट आएका हुन्।
११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा थिए। गृह स्रोतका अनुसार सिनियर १३ मध्येबाट ११ जना बढुवा सिफारिसमा परेका हुन्।