१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बारा यातायातमा सेटिङको अखडा,प्रमुख दासकै भाइ र लेखापालको चलखेलमा करोडौं असुली आरोप

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ०५, २०८२

बारा यातायातमा सेटिङको अखडा,प्रमुख दासकै भाइ र लेखापालको चलखेलमा करोडौं असुली आरोप

कलैया । बारा जिल्लाको यातायात व्यवस्था कार्यालय पछिल्ला केही महिनादेखि अनियमितता, दलाली र सेटिङ–सञ्चालित भ्रष्टाचारको अखडा बन्दै गएको उजागर भएको छ।
यस कार्यालयका प्रमुख अविन्दर दास आफ्ना दुई भाइ र निकट लेखापाललाई प्रयोग गरेर कार्यालयको सम्पूर्ण कामकाज नियन्त्रणमा लिएको गम्भीर आरोप लागेको छ।

प्रमुख दासले भाइहरू भिखारी दास र बिकेश दासलाई करारमा राखी, लेखापाल रघुनन्दन साहसँग मिलेर सम्पूर्ण प्रशासनिक निर्णय र सार्वजनिक सेवा प्रवाह आफ्नो निजी सञ्जालबाट संचालन गरिरहेका छन्।
उनी आफैँ नियमित रूपमा कार्यालयमा अनुपस्थित रहने, ‘स्वास्थ्य समस्या’ वा ‘अनुगमन’को नाममा जिम्मेवारीबाट पन्छिने गरेका छन्।

तर, कार्यालय भने उनकै भाइ र लेखापाल साहले चलाइरहेका छन्।

श्राेतका अनुसार लेखापाल रघुनन्दन साह सिधै प्रमुख दासको निकट पात्र भएर काम गरिरहेका छन्।
उनी हाल लेखा र प्रशासनिक जिम्मेवारीभन्दा बढी लाइसेन्स खरिद–बिक्रीको सेटिङ मिलाउने दलाली सञ्जालमा सक्रिय रहेको उनी माथिल आरोप छ।
परिक्षण नगरीकनै प्रतिव्यक्ति १०–२० हजार रुपैयाँ लिई लाइसेन्स वितरण गरिँदै आएको गुनासो सेवाग्राहीहरूले गरेका छन्।

अनियमिततामा ट्राफिक प्रहरी नायब निरीक्षक किरण कार्की, चालक सुशील सिंह र प्रमुखका भाइ बिकेश दास आर्थिक संकलनको मोर्चामा सँगै लागेको उल्लेख गरिएको छ।

सेवाग्राहीका अनुसार, सवारी साधनको नवीकरण, लाइसेन्स नामसारी, जाँचपास जस्ता सेवामा बिचौलियामार्फत खुलेआम पैसा असुल्ने कार्य चलिरहेको छ।

सूत्रका अनुसार अविन्दर दासले मुख्यमन्त्री सतीश कुमार सिंहसँगको नजिकको सम्बन्ध प्रयोग गर्दै कुनै उजुरी वा गुनासो उठे पनि छानबिन अघि बढ्न दिँदैनन्।
रौतहटमा काम गर्दा संलग्न रहेका दलालहरूलाई पनि सँगै बारा ल्याएको आरोप छ।

प्रमुख दास रौतहट यातायात कार्यालयमा प्रमुख हुँदा पनि यस्तै असुली काण्डमा विवादित रहिसकेका छन्।
त्यहाँ बिचौलियामार्फत स्कुटर, जिप, ट्याक्टर, टेम्पो आदिको लाइसेन्स, नवीकरण, जाँचपास, नामसारी जस्ता काम सेटिङमा गर्दै आएका थिए।
दलाल परिचालन गरेर सिधै रकम उठाउने र फाइल पास गराउने आरोप थियो।

दास वीरगञ्ज यातायात कार्यालयमा नायब सुब्बा हुँदा निलम्बनमा परेका थिए।
भारतीय लाइसेन्सलाई नेपालीकरण गरेर सरकारी अभिलेख नष्ट गरेको आरोपमा २०७५ असोज १४ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
तर, आरोप लागे पनि शक्ति र पहुँच प्रयोग गरी सजायबाट उम्किएको भन्ने आरोप अरू अधिकाऱीहरूबाटै आएको छ।

एक कर्मचारीका अनुसार दास खुलेआम भनिरहेका हुन्छन् –

> ‘म अख्तियार, नेता सबैलाई कसरी हातमा पार्ने हो, जान्दछु।’

उनी आफूलाई मन्त्री वा मुख्यमन्त्री कार्यालयसम्म सिधा पहुँच भएको भनेर प्रस्तुत गर्छन्, जुन कारण कुनै पनि अनियमिततामा हात हाल्न कर्मचारीहरू समेत डराउने गरेको स्रोतको भनाइ छ।

दासको संरचना अहिले पर्सा, रौतहट, बाराजस्ता जिल्लामा एकै प्रकारको सेटिङ प्रणाली लागू गरिरहेको जस्तो देखिन्छ।
कार्यालय प्रमुख नभए पनि भाइहरू र लेखापाल मार्फत सवारी सेवाको कारोबार हुने अवस्थामा कार्यालय नै निजी ‘कमाइ केन्द्र’ बनेको देखिन्छ।

यातायात कार्यालय सवारी व्यवस्थापनको महत्वपूर्ण सरकारी अंग हो, तर बारामा यो सेवा केन्द्र होइन, असुली केन्द्र बनेको उजागर भएको छ।
मुख्यमन्त्रीसँगको पहुँच, ट्राफिक प्रहरीको मिलेमतो, लेखापाल र भाइहरूको सञ्चालन, र निरन्तर अनियमितताको आरोपका बीच सशक्त छानबिन र दण्ड प्रक्रिया आवश्यक देखिएको छ
यश विषयमा कार्यालय प्रमुख अविन्दर दास सँग आरोपहरूबारे सम्पर्क गर्दा कार्यालय प्रमुख अविन्दर दासले आफूविरुद्ध भइरहेको आरोपहरूलाई अस्वीकार गर्दै भने–हामी कार्यालयमा सबै काम नियमअनुसार गरिरहेका छौं। कुनै अनियमितता छैन। अहिले मलाई बदनाम गर्न खोजिएको छ।
यो सरासर गलत हो झुठ हाे । सबै कुरा नियमनमा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!