१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपालगञ्जको ऐतिहासिक शक्ति पीठ बागेश्वरी मन्दिरमा जुङ्गे महादेवको मूर्ति प्रतिष्ठापन,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन ०६, २०८२

बाँके । साउन महिनाको पहिलो सोमबारको विशेष अवसर पारेर अष्टधातुले निर्मित जुङ्गेश्वर महादेवको मूर्ति प्रतिष्ठापन गरिएको हो । मूर्ति प्रतिष्ठापन गर्ने क्रममा पण्डितहरुको टोलीले वैदिक मन्त्रचारणसहित विधिपूर्वक पूजाआजा गरेका थिए

मन्दिरको पूर्वपट्टि निर्माणाधीन नयाँ मन्दिरमा प्रतिष्ठापन गरिएको जुङ्गे महादेवको मूर्तिको पूजा–अर्चना संघीय सांसद डा. धवल शमसेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले संयुक्त रूपमा सम्पन्न गरेपछि अन्य भक्तजनले पनि पूजा गरेका थिए ।

साउन सोमबारको विशेष दिनमा सम्पन्न प्रतिष्ठा समारोहमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो । “हर हर महादेव”को जयघोषले मन्दिर क्षेत्र गुञ्जायमान भएको थियो । श्रद्धालुहरूको आस्था र भक्तिभावले वातावरणलाई आध्यात्मिक बनाएको थियो ।

स्थानीय धार्मिक अभियन्ताहरूले यस प्रतिष्ठालाई ऐतिहासिक ठान्दै साउन महिनाको पहिलो सोमबार नै मूर्ति प्रतिस्थापन हुनु शुभ संयोग भएको बताएका छन् । साथै, बागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने दीर्घकालीन लक्ष्यमा यो प्रतिष्ठा महत्त्वपूर्ण पाइला भएको उनीहरूको भनाइ छ । यससँगै जुङ्गे महादेव मन्दिरमा भएको भौतिक संरचना सुधारका कार्यहरू पनि अगाडि बढाइएका छन् । जुङ्गे महादेवको मन्दिरतर्फ जाने पुल विगतदेखि नै कमजोर रहेको गुनासोबीच नेपालगञ्ज उपमहानगरपालिकाले २०७९ चैत २ गते मन्दिर र पुल निर्माणका लागि १ करोड ८ लाख ७३ हजार ८९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणका क्रममा पुरानो जुङ्गे महादेवको मूर्ति निकाल्दा विभिन्न भागमा क्षति पुग्यो । त्यसपछि नयाँ मूर्ति निर्माण गरी अष्टधातुबाट तयार पारिएको महादेवको मूर्तिलाई हाल पुनः प्रतिष्ठा गरिएको हो । नयाँ मूर्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा केही टीकाटिप्पणी भएपनि अब मूर्तिको विधिपूर्वक प्राण प्रतिष्ठा भइसकेकाले दर्शनार्थीहरूका लागि खुला गरिएको छ ।

बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीका अनुसार अष्टधातुको नयाँ जुंगे महादेव मूर्ति निर्माणमा झन्डै १५ लाख रुपैयाँ खर्च भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यस क्षेत्रलाई धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउन योजना अघि सारेको नगर प्रमुख प्रशान्त विष्टले बताए । धार्मिक चेतना र सांस्कृतिक धरोहर संरक्षणका हिसाबले जुङ्गे महादेव मूर्ति प्रतिष्ठा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको स्थानीय बासिन्दा तथा धार्मिक अभियन्ताहरूको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!