०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालगञ्जको ऐतिहासिक शक्ति पीठ बागेश्वरी मन्दिरमा जुङ्गे महादेवको मूर्ति प्रतिष्ठापन,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन ०६, २०८२

बाँके । साउन महिनाको पहिलो सोमबारको विशेष अवसर पारेर अष्टधातुले निर्मित जुङ्गेश्वर महादेवको मूर्ति प्रतिष्ठापन गरिएको हो । मूर्ति प्रतिष्ठापन गर्ने क्रममा पण्डितहरुको टोलीले वैदिक मन्त्रचारणसहित विधिपूर्वक पूजाआजा गरेका थिए

मन्दिरको पूर्वपट्टि निर्माणाधीन नयाँ मन्दिरमा प्रतिष्ठापन गरिएको जुङ्गे महादेवको मूर्तिको पूजा–अर्चना संघीय सांसद डा. धवल शमसेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले संयुक्त रूपमा सम्पन्न गरेपछि अन्य भक्तजनले पनि पूजा गरेका थिए ।

साउन सोमबारको विशेष दिनमा सम्पन्न प्रतिष्ठा समारोहमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो । “हर हर महादेव”को जयघोषले मन्दिर क्षेत्र गुञ्जायमान भएको थियो । श्रद्धालुहरूको आस्था र भक्तिभावले वातावरणलाई आध्यात्मिक बनाएको थियो ।

स्थानीय धार्मिक अभियन्ताहरूले यस प्रतिष्ठालाई ऐतिहासिक ठान्दै साउन महिनाको पहिलो सोमबार नै मूर्ति प्रतिस्थापन हुनु शुभ संयोग भएको बताएका छन् । साथै, बागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने दीर्घकालीन लक्ष्यमा यो प्रतिष्ठा महत्त्वपूर्ण पाइला भएको उनीहरूको भनाइ छ । यससँगै जुङ्गे महादेव मन्दिरमा भएको भौतिक संरचना सुधारका कार्यहरू पनि अगाडि बढाइएका छन् । जुङ्गे महादेवको मन्दिरतर्फ जाने पुल विगतदेखि नै कमजोर रहेको गुनासोबीच नेपालगञ्ज उपमहानगरपालिकाले २०७९ चैत २ गते मन्दिर र पुल निर्माणका लागि १ करोड ८ लाख ७३ हजार ८९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणका क्रममा पुरानो जुङ्गे महादेवको मूर्ति निकाल्दा विभिन्न भागमा क्षति पुग्यो । त्यसपछि नयाँ मूर्ति निर्माण गरी अष्टधातुबाट तयार पारिएको महादेवको मूर्तिलाई हाल पुनः प्रतिष्ठा गरिएको हो । नयाँ मूर्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा केही टीकाटिप्पणी भएपनि अब मूर्तिको विधिपूर्वक प्राण प्रतिष्ठा भइसकेकाले दर्शनार्थीहरूका लागि खुला गरिएको छ ।

बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीका अनुसार अष्टधातुको नयाँ जुंगे महादेव मूर्ति निर्माणमा झन्डै १५ लाख रुपैयाँ खर्च भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यस क्षेत्रलाई धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउन योजना अघि सारेको नगर प्रमुख प्रशान्त विष्टले बताए । धार्मिक चेतना र सांस्कृतिक धरोहर संरक्षणका हिसाबले जुङ्गे महादेव मूर्ति प्रतिष्ठा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको स्थानीय बासिन्दा तथा धार्मिक अभियन्ताहरूको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!