०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अण्डाको मुल्य फेरि बढ्यो नयाँ दररेट प्रतिक्रेट ३० वटाको ५ सय २५ रुपैया कायम,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, साउन ०६, २०८२

चितवन । अण्डाको मूल्य हालसम्मको उच्च भएको छ। उत्पादन घटेपछि मूल्य बढेको हो। यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन्।

नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ। आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) पाँच सय २५ कायम गरिएको छ। मध्यम चार सय ९५ कायम भएको छ।

चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट)को तीन हजार ८५५ र मिडियमको रु तीन हजार ६४५ कायम गरिएको छ।

अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट पाँच सय १० पुगेको थियो। उनले भने, “हालसम्मकै उच्च रेट अण्डाको कायम भएको छ ।” यससँगै किसानले लागत मूल्य पाएको उनले बताए। अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ।

अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घटेर मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको जनाइएको छ। साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उनले बताए।

उनले भने, “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ।” मूल्य बढ्दा किसान उत्साहित भएका छन्। एकिन तथ्यांक नभए पनि हाल दैनिक २८-३० लाख गोटा अण्डा उत्पादन भइरहेको अनुमान छ । यो सङ्ख्या पहिलाको तुलनामा झण्डै आधा कम हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!