२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा कार नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०६, २०८२

रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा कार नियन्त्रणमा

रौतहट । इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टोलीले लागुऔषध गाँजा लोड भएको  कारलाई पछ्याउने क्रममा झाझ पुल नजिकबाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेका ग. ८ च. ६८९६ नम्वरको रातो रङको कारलाई गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि ट्राफिक प्रहरीले थापेको चेक प्वाइन्टलाई छलेर दक्षिणतर्फ भाग्ने क्रममा प्रहरीले पछ्याउदै जाँदा गरुडा नगरपालिका–४ मा रहेका क्रशर उद्योग छेउमा कार छोडेर चालक  फरार भएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायका अनुसार लागुऔषध गाँजा जस्तो देखिने १३३ किलो बरामद गरी उक्त लागु औषध गाँजा र गाडी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ। प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]