चितवन । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा आइतबार गाउँ नजिक झाडीमा बाघ देखिएको थियो ।
साँझ पख देखा परेको बाघलाई मंगलबार दिउँसो साढे चार बजेतिर नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए ।
निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयसहितको टोलीले बाघ नियन्त्रणमा लिएको हो । चितवन निकञ्ज आडमा सो गाउँ रहेको छ । चितवन निकुञ्जमा देशभरमै सबैभन्दा धेरै बाघ पाइन्छ ।
निकुञ्जबाट प्राप्त विवरण अनुसार गत आर्थिक वर्षमा दुईवटा बाघलाई उद्धार गरिएको थियो । त्यसैगरी दुई बाघ मरेको भेटिएको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए ।