१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०७, २०८२

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्।

वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक।

मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन राख्नुहोस्।

कर्कट -निजी भावना व्यक्त गर्दा सतर्क हुनुहोला। कार्यक्षेत्रमा असजिलो महशुस हुन सक्छ। घरपरिवारको सहयोगले मन शान्त रहनेछ।

सिंह -तपाईंको विचार र वाणीले अरूलाई प्रभावित पार्नेछ। अध्ययन, लेखन वा कन्सल्टिङ व्यवसायमा विशेष लाभ। यात्राको सम्भावना पनि छ।

कन्या -धनको आगमन हुने सम्भावना छ। नयाँ योजना सुरु गर्न सकिने समय हो। मनमा हल्का चञ्चलता रहन सक्छ, ध्यान केन्द्रित गर्नुहोस्।

तुला -चन्द्रमा तपाईंको राशिमा छन् – आत्मबल बढ्नेछ। प्रेम र सम्बन्धमा मिठास आउनेछ। तर, शारीरिक थकान र निद्रामा समस्या हुन सक्छ।

वृश्चिक -पुराना कुरा मनमा नलिनुहोस्। आज आत्मपरिक्षण गर्ने राम्रो समय हो। खर्च बढ्न सक्छ, आर्थिक निर्णय सोचेर गर्नुहोस्।

धनु -साथीभाइ र सामाजिक गतिविधिमा रमाइलो हुनेछ। भविष्यका योजनामा सफल हुने सम्भावना। प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ।

मकर -कर्म क्षेत्रमा चुनौतीहरू देखिए पनि परिश्रमको मूल्य पाइनेछ। वरिष्ठबाट सहयोग मिल्नेछ। परिवारका जिम्मेवारी बढ्न सक्छ।

कुम्भ -पठनपाठन, धार्मिक कर्म वा यात्रामा रुचि बढ्नेछ। गुरु वा वरिष्ठको सल्लाह उपयोगी हुनेछ। नसोचेको ठाउँबाट लाभ मिल्ने योग।

मीन -संयम आवश्यक छ। अरूको कुरामा बढी प्रभाव नलिनुहोस्। आर्थिक काममा ध्यान पुर्याउनुपर्छ। मानसिक तनाव भए पनि साँझपख शान्ति मिल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!