२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन

Logo
बिदुर एमसी प्रकाशित बुधबार, साउन ०७, २०८२

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन

दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी अर्थात एक करोड ७२ लाख राजस्य संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । संकलित राजस्व १५ लाख एक हजार ७४९ रुपैयाँँ मुद्दाबाट असुल भएको र बाँकी अस्थायी पैठारीबाट संकलन भएको पनि कार्यालयले जनाएको छ । कार्यालयले साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । जसमा नौ लाख २३ हजार राजस्व उठेको थियो । जुन लक्ष्यको ७६.९९ प्रतिशत हो । लक्ष्य भन्दा दुई लाख ७६ हजार रुपैयाँँ कम राजस्व संकलन भएको थियो । भदौमा १३ लाख १९ रुपैयाँँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा छ लाख १९ हजार मात्र असुली भएको थियो । जुन लक्ष्यको ४६.९८ प्रतिशत हो ।

लक्ष्यभन्दा छ लाख ९९ हजार रुपैयाँँ कम राजस्व संकलन भएको थियो । असोजमा १३ लाख २६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सात लाख आठ हजार २७० रुपैयाँ संकलन भएको थियो । जुन ५३.४१ प्रतिशत हो । लक्ष्यभन्दा छ लाख १७ हजार रुपैयाँँ कम हो । यसैगरी कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा नौ लाख १३ हजार संकलन भएको थियो । यो ७०.९० प्रतिशत हो ।लक्ष्य भन्दा तीन लाख ७५ हजार कम राजस्व संकलन भएको थियो । मंसिरमा १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा आठ लाख ९१ हजार राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ६५.१४ प्रतिशत हो । लक्ष्य भन्दा ४ लाख ७६ हजार कम राजस्व संकलन भएको हो । पुसमा १३ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३० लाख ४६ हजार रुपैयाँ संकलन गरिएको छ । यो लक्ष्यको २२९.९२ प्रतिशत बढी हो । लक्ष्य भन्दा १७ लाख २१ हजार बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

माघमा १२ लाख ५४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १२ लाख ४९ हजार संकलन गरिएको थियो । जुन लक्ष्यको ९९.६७ प्रतिशत हो । फागुनमा १४ लाख ४४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ११ लाख संकलन भएको थियो । जुन लक्ष्यको ७६.६८ प्रतिशत हो । चैतमा १४ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० लाख ३२ हजार संकलन भएको थियो । जुन लक्ष्यको ७१.५६ प्रतिशत हा ।वैशाखमा १३ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा नौ लाख ८७ हजार संकलन भएको थियो । जुन लक्ष्यको ७१.११ प्रतिशत हो । जेठमा १५ लाख ३३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २३ लाख ४३ हजारसंकलन भएको थियो । जुन लक्ष्यको १५१.९ प्रतिशत हो । असारमा १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १९ लाख ६४ हजार संकलन भएको हो । जुन लक्ष्यको १३८.६४ प्रतिशत हो ।

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्वसमेत कम उठेको कार्यालयले जनाएको छ ।

कम भएकाले राजस्वसमेत कम उठेको कार्यालयले जनाएको छ । भारत प्रवेश गर्दा कडाइ गरेको कारणले यहाँबाट आवतजावत गर्नेको संख्या घट्दै गएको छ । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको भनाइ छ । जसले आवतजावत कम हुने गरेको हो ।कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारी साधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतको रूपमा लिइएको छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय रुपैयाँँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँँ लिने गरेको प्रमुख विष्टले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।

भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ । सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी राजस्व उठ्ने गरेको छ । व्यवसायिक रूपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारी साधनबाट उठ्ने कर नै हो । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रुपमा विकास भएको तथ्यांकले देखाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!