१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पश्चिम नवलपरासीको सुनवल क्षेत्रमा नदीजन्य पदार्थको तस्करी रोकिएन प्रहरी प्रशासन मौन?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन ०७, २०८२

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ ।

सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् ।

विशेष गरी साँझपख र रातको समयमा उत्खनन गरी ट्याक्टर प्रयोग गरेर ओसारपसार भइरहेको छ । उक्त क्षेत्रको अधिकांश भू–भाग बाबागोरिया सामुदायिक वन उपभोक्ता समूहको अधिकार क्षेत्रभित्र पर्छ, जहाँ तस्करी अत्यधिक भइरहेको पाइएको छ ।

यस विषयमा वन उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीसँग जिज्ञासा राख्दा उनीहरूले तस्करी रोक्न स्थानीय तह र सुरक्षा निकायको सहयोग नपाएको गुनासो गरेका छन् ।एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, “सबै सेटिङमै भइरहेको छ, कसलाई के भन्ने ? प्रहरी र जनप्रतिनिधिको मिलेमतो छ, खबर गर्दा पनि प्रहरी आउँदैन ।”

वन समितिले पटक–पटक अनुगमन गरेर चोरी निकासी रोक्ने प्रयास गरे तापनि धम्की आउने गरेको र सुरक्षा निकायको साथबिना ज्यान जोखिममा राखेर काम गर्न नसकिने बताएका छन् । नगरपालिका र सुरक्षा निकायलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाइएको उनीहरूको गुनासो छ ।

गत आर्थिक वर्षमा खोला व्यवस्थापनका विषयमा डिभिजन वन कार्यालय र सुनवल नगरपालिकाबिच विवाद भएपछि अन्तिम समयमा वन कार्यालयले आइइइ स्वीकृति गरेर ‘अमानत प्रणाली’ अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेड लाई नदीजन्य पदार्थ सङ्कलनको जिम्मा दिएको थियो ।

उक्त कम्पनीले स्थानीय ठेकेदारमार्फत भुमही, तुरीया र सेती खोलाबाट उत्खनन गरेको बताइएको छ । तर अहिले पनि स्थानीयदेखि माथिल्लो तहसम्मको मिलेमतोमा तुरीया खोलाबाट समेत बेलाबेलामा अवैध उत्खनन भइरहेको स्रोतले जनाएको छ ।

यस विषयमा सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आफूलाई जानकारी नभएको बताउँदै नगर प्रहरी परिचालन गरेर निगरानी गरिने प्रतिक्रिया दिए ।

डिभिजन वन कार्यालयका अधिकृत मोसाफिर भगतले अहिले उत्खनन गर्न नपाइने समय भएको बताए । ढुङ्गा, बालुवा, गिटी उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९) को दफा ४, उपदफा १६ अनुसार प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था छ । बुटवल-टुडेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!