२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

मरेर गए नि नतोडिने बन्धन माया हो भिडियो बनाएर २ दिदीबहिनीले आत्महत्या किन गरे ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ०८, २०८२

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।

आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका विभिन्न चरणका फोटो र भिडिओ खिचेर टिकटकमा अपलोड गरेको पाइएको छ । भिडिओमा दुवैले एउटै डोरीमा पासो लगाएको देखिन्छ । भिडिओमा प्रयोग भएको गीत छ, ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’।

प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उक्त टिकटक भिडिओ फेला पारेको हो । प्रहरीका अनुसार, घाँटीमा पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा नदेखिएको र सामान्य अवस्थामा फोटो खिचिएको छ । भिडिओ अपलोड गरेको केही बेरमै उनीहरू अफलाइन भएका थिए ।

सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का स्थानीयवासी दिदीबहिनीका बाबुआमा रोजगारीका लागि भारतमा छन् । प्रहरीले परिवारलाई खबर गरेपछि उनीहरूका बुबा नेपाल फर्किँदै छन् । मृतककी कान्छी आमाले प्रहरीलाई बताएअनुसार दुवै छोरी भारतबाट भागेर काठमाडौँ आएका थिए । उनीहरू काठमाडौँको कलङ्कीमा बस्ने आन्टीको सम्पर्कमा थिए ।

कान्छी आमाका अनुसार, दुई छोरी एकसाथ हराएपछि भारतमा विभिन्न मिडियामार्फत हराएको सूचना समेत जारी गरिएको थियो । तर, उनीहरू काठमाडौँ आएको र यहाँ बस्दै आएको कुरा मृत अवस्थामा फेला परेपछि मात्र थाहा भएको उनले बताइन । उनीहरूले आफ्नो ठेगाना र बसाइबारे परिवारलाई कुनै जानकारी दिएका थिएनन् ।

प्रहरीले मृतकको मोबाइल जाँच्दा उनीहरूले आत्महत्याअघि फेसबुकमा बुबाको भारतमा प्रयोग हुने मोबाइल नम्बर राखेको पाइयो । सोही नम्बरका आधारमा प्रहरीले बुबालाई सम्पर्क गरी घटनाबारे जानकारी गराएको थियो । बुबाले कलङ्कीमा रहेकी आन्टीलाई तत्काल सम्पर्क गर्न भनेपछि उनी घटनास्थल पुगेकी थिइन् ।

भक्तपुरका जिल्ला प्रहरी प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार, मोबाइलमा भेटिएको टिकटक भिडिओ र अन्य सम्पर्क नम्बरका आधारमा पहिचान खुलाइएको हो । हाल उक्त मोबाइल सिल गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उनीहरूले भारतबाट भाग्नुअघि फेसबुकमा सबै आफन्तलाई ब्लक गरेको पनि पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।