२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शुक्रबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०९, २०८२

मेष -दैनिक कार्यमा उत्साह रहनेछ। अध्ययन, अध्यापन वा योजना बनाउनेमा ध्यान केन्द्रित हुनेछ। तर पारिवारिक मतभेदबाट बच्न संवादमा सन्तुलन राख्नुहोस्।

वृष -साझेदारी वा वैवाहिक सम्बन्धमा भावनात्मक घनिष्टता बढ्नेछ। तर आर्थिक लेनदेन वा निर्णयमा हतार नगर्नुहोस्। स्वास्थ्यतर्फ पनि ध्यान दिँदा राम्रो।

मिथुन -काममा निरन्तरता ल्याउनुपर्ने दिन हो। स्वास्थ्यमा सानो असहजता आउन सक्छ। व्यवस्थित र धैर्यपूर्वक अघि बढे फाइदा हुनेछ।

कर्कट -मन रमाउने दिन हो। सन्तान वा प्रेम सम्बन्धमा न्यानोपन आउनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्ने योग छ। शुभ समाचार सुन्न सकिनेछ।

सिंह -घरपरिवारका दायित्वहरू बढ्न सक्छन्। थकान वा मानसिक तनाव हुन सक्छ। तर जमिन, सम्पत्ति वा घर सुधारको विषयमा चर्चा हुन सक्छ।

कन्या -आज यात्राको सम्भावना छ। अध्ययन, लेखन वा अनुसन्धानका लागि राम्रो समय हो। भाइबहिनी वा साथीबाट सहयोग पाइनेछ।

तुला -आर्थिक विषयमा चनाखो बन्नुहोस। धनसम्बन्धी चलअचल विषयमा होशियारी आवश्यक छ। यद्यपि, बोली मधुर बन्यो भने काम सजिलै बन्नेछ।

वृश्चिक -आज चन्द्रमा आफ्नो राशिमा भएकाले मनमा संवेदनशीलता बढी हुनेछ। आत्मविश्वास बलियो रहनेछ। तर आवेगमा निर्णय नगर्नुहोस्।

धनु -पुराना कुरा मनमा खेल्न सक्छन्। अलिकति नकारात्मक विचार हाबी हुन सक्छ। ध्यान, जप, साधना वा आत्मचिन्तन उपयुक्त उपाय हुनेछ।

मकर -मित्रता र सामाजिक सम्बन्धमा मिठास आउनेछ। शुभ कार्यमा सहभागी भइनेछ। परोपकारी कार्यमा मन जानेछ। आर्थिक पक्ष सन्तुलनमा रहनेछ।

कुम्भ -पद प्रतिष्ठा बढाउने समय हो। जिम्मेवारी थपिन सक्छ, तर त्यसले सम्मान पनि ल्याउनेछ। काममा निरन्तरता आवश्यक छ।

मीन -विदेश सम्बन्धी विषय, धर्म, अध्यात्म वा उच्च अध्ययनमा आकर्षण बढ्नेछ। गुरु वा सल्लाहकारको साथ उपयोगी हुनेछ। यात्राबाट लाभको सम्भावना छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!