३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

नेपाल पुलिस अस्पतालकी डिअाईजी अाशा सिंह विवादमा , शान्ति मिसन नगई युएनको तक्मा लगाएको आरोप

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

काठमाडौं पुस २२ गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पुस १४ गते नेपाल प्रहरी अस्पतालको प्राविधिक अतिरिक्त महानिरीक्षक (एआईजी) तथा कार्यकारी निर्देशकमा प्राविधिक डीआईजी आशा सिंहलाई सिफारिस गर्यो ।
डीएसपीदेखि डीआईजीसम्म बढुवाको वरीयताक्रममा १ नम्बरमा रहेका मीनराज पाठकको सट्टा दोस्रो नम्बरकी सिंहलाई एआईजीमा सिफारिस गरिएको थियो । तिनै सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई यूएनको तक्मा लगाएको भेटिएको छ ।
अस्पतालकी एआईजी दुर्गा थापा पुस ४ गते अवकाश भएपछि वरिष्ठ डीआईजीका रूपमा पाठकलाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर ०७४ र ०७५ को कार्यसम्पादन मूल्यांकनमा अस्पतालका वरिष्ठ डीआईजी पाठकभन्दा सिंह अगाडि रहेको पाइएपछि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । पाठक वरिष्ठ बालरोग विशेषज्ञ र सिंह महिला रोग विशेषज्ञ हुन् । ०५२ सालमा सँगै सेवा प्रवेश गर्दा निरीक्षकमा सिंह पहिलो नम्बरमा थिइन् । त्यसपछि पाठक लगातार पहिलो र सिंह दोस्रो नम्बरमा थिए ।
कान्तिपुरलाई प्राप्त सिंहको डीआईजी पोसाक रहेको तस्बिरको बायाँतर्फ तल्लो भागको पदक यूएनमा सेवा गरेबापत पाउने सम्मान हो । सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने तक्मा लगाएको देखिन्छ । युनाइटेड नेसन्स मिसन इन सुडान (अनमिस) बाट प्राप्त हुने तक्मा सिंहले लगाएकी छन् । तर प्रहरीको अभिलेखअनुसार सिंहले कुनै पनि मिसनमा भाग लिएकी छैनन् । सिंहले पनि आफू शान्ति मिसन नगएको कान्तिपुरलाई बताइन् ।
प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले यस विषयमा आफूलाई जानकारी नभएको बताए । तर प्रवक्ता थापाले मिसनमा सहभागी नभई ‘राष्ट्रसंघमा योगदान गरेबापत पाउने सम्मान वा पदक’ लगाउनु गैरकानुनी हुने बताए । ‘सिंहले मिसन नगई तक्मा लगाएको विषयमा मौखिक उजुरी आए पनि लिखित रूपमा कुनै निवेदन परेको छैन,’ गृह मन्त्रालय स्रोतले भन्यो । अनधिकृत रूपमा राष्ट्रसंघको तक्मा लगाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र गृहसचिव राईलाई जानकारी गराइएको प्रहरी स्रोतले बतायो ।
शान्ति मिसनमा नगई किन राष्ट्रसंघीय मिसनको पदक लगाउनुभयो भनेर कान्तिपुरले सोध्दा सिंहले ‘मैले पदक लगाएर के फाइदा लिएकी छु र यो प्रश्न गर्दै हुनुहुन्छ ?’ भन्दै आक्रोश व्यक्त गरिन् । मिसन नै नगई पदक लगाउनु गैरकानुनी होइन र भन्ने प्रश्नमा उनले आफू बढुवामा सिफारिस भएपछि नरुचाउनेले ‘अनर्गल प्रचार’ गर्न राष्ट्रसंघको पदकको विषय निकालेको बताइन् । ‘प्रविधिको जमानामा पदक टाँसेर फोटो प्रचार गरेको पनि हुन सक्छ,’ उनले भनिन् ।
तर ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’, तत्कालीन एआईजी दुर्गा थापाको बिदाइ समारोहलगायत थुप्रै सार्वजनिक कार्यक्रममा तथा कार्यकक्षमा रहँदा सिंहले पोसाकमा सुडान मिसनमा गएबापतको राष्ट्रसंघीय तक्मा लगाएको फोटोमा देखिएको छ । अहिले सिंहले लगाएको पोसाकमा भने सुडान मिसनको पदक देखिँदैन । आफू संगठनमा सधैं अब्बल रहेर पनि अन्याय हुँदै आएको र अहिले बढुवा सिफारिस समितिले सही मूल्यांकन गरेको उनले दाबी गरिन् । डीआईजी पाठकले भने आफूले सिफारिसविरुद्ध लोकसेवामा उजुरी दिएका कारण थप नबोल्ने बताए । ‘लोकसेवाबाट निर्णय नभएसम्म मेरो कुनै टीकाटिप्पणी छैन,’ उनले भने ।
कासमूमा प्रश्न
पाठकले बढुवा सिफारिसविरुद्ध उजुरी दिएपछि लोकसेवा आयोगले दुवै डीआईजीको ३ वर्षको कार्यसम्पादन मूल्यांकन नम्बर झिकाएको छ । पाठकले शुक्रबार लोकसेवामा निवेदन दिएका थिए । कान्तिपुरलाई प्राप्त विवरणअनुसार ०७४ र ०७५ मा पाठकभन्दा सिंहको कासमू नम्बर बढी छ । ०७४ मा अस्पतालका एआईजीले पाठकलाई २०पूर्णाङ्कमा १६ र सिंहलाई १९.७५ नम्बर दिएको उल्लेख छ । त्यही वर्ष आईजीपीले विशेष चुनौतीपूर्ण कार्य गरेबापतको पूर्णाङ्क ५ मा पाठकलाई ३ दशमलव ५ र सिंहलाई ५ नम्बर नै दिइएको छ ।
यसैगरी ०७५ मा अस्पतालका कार्यकारी निर्देशक (एआईजी) ले २० मा पाठकलाई १४ दशमलव २५ र सिंहलाई २० नम्बर दिइएको देखिन्छ । कार्यसम्पादन मूल्यांकनमा कसैलाई शतप्रतिशत नम्बर दिँदा विशेष कारण खुलाउनुपर्छ । घटी नम्बर दिँदा पनि के कारणले दिइएको हो, खुलाउनुपर्छ ।
आफूले उत्कृष्ट काम गरेकाले बढी नम्बर पाएको सिंहको दाबी छ । पाठकले भने प्रतिस्पर्धी उम्मेदवारबीच अस्वाभाविक रूपमा तलमाथि हुने गरी नम्बर दिइएको भन्दै अनुसन्धान गर्न लोकसेवासमक्ष माग गरेका छन् । काठमाडौंबाट ईश्वर दुलालको रिपोर्ट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । देवाही गोनाही नगरपालिका-९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्। मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको हो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले […]

काठमाडौं । लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू […]

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

error: Content is protected !!