२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

थाइल्यान्ड र कम्बोडियाबीच सीमा विवाद कारण झडप ३२ जनाको मृत्यु एक सय ३० जना बढी घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन १०, २०८२

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ ।

कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ ।

हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएको बताएका छन् ।

थाइल्याण्डले भने पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण जसमा बालबालिका र ६ जना सैनिकको ज्यान गएको जनाएको छ । साथै कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएको पुष्टि गरिएको छ ।

त्यस्तै थाइल्यान्डका अधिकारीहरूका अनुसार करिब १ लाख ३८ हजार मानिसलाई सीमा क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तीन सय भन्दा बढी आपत्कालीन राहत केन्द्रहरू स्थापना गरिएको छ । हिजो थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रमा पर्ने आठ जिल्लामा सैनिक कानून मार्शल ‘ल’घोषणा गरेको छ ।

यो दशकौँदेखिको विवादित सीमा क्षेत्रसँग सम्बन्धित तनाव अस्ति फेरि चर्किएको हो, त्यहाँ सीमा क्षेत्रमा भएको एक ल्यान्डमाइन विस्फोटमा पाँच जना थाई सैनिक घाइते भएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!