२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

थाइल्यान्ड र कम्बोडियाबीच सीमा विवाद कारण झडप ३२ जनाको मृत्यु एक सय ३० जना बढी घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन १०, २०८२

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ ।

कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ ।

हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएको बताएका छन् ।

थाइल्याण्डले भने पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण जसमा बालबालिका र ६ जना सैनिकको ज्यान गएको जनाएको छ । साथै कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएको पुष्टि गरिएको छ ।

त्यस्तै थाइल्यान्डका अधिकारीहरूका अनुसार करिब १ लाख ३८ हजार मानिसलाई सीमा क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तीन सय भन्दा बढी आपत्कालीन राहत केन्द्रहरू स्थापना गरिएको छ । हिजो थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रमा पर्ने आठ जिल्लामा सैनिक कानून मार्शल ‘ल’घोषणा गरेको छ ।

यो दशकौँदेखिको विवादित सीमा क्षेत्रसँग सम्बन्धित तनाव अस्ति फेरि चर्किएको हो, त्यहाँ सीमा क्षेत्रमा भएको एक ल्यान्डमाइन विस्फोटमा पाँच जना थाई सैनिक घाइते भएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]