१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सिरहामा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारी पक्राउ,

Logo
सुरेन्द्र दास प्रकाशित शनिबार, साउन १०, २०८२

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, भारतबाट लागूऔषध नेपाल ल्याइँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको संयुक्त टोली सीमावर्ती क्षेत्रमा गस्तीमा खटिएको थियो । टोलीमा इलाका प्रहरी कार्यालय झाझपट्टीका प्रहरी नायब निरीक्षक (सई) रामबालक ठाकुर, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक शिव मैनाली, र लागूऔषध नियन्त्रण ब्युरो (गोलबजार) बाट खटिएको टोली सहभागी थियो ।

आज बिहान करिब ४ बजे भारतीय नम्बर प्लेट (BR 32 M 7338) को मोटरसाइकलमा आएका शंकास्पद व्यक्तिलाई प्रहरीले रोक्न खोज्दा उनी भाग्न प्रयास गरेका थिए । सो क्रममा प्रहरी नायब निरीक्षक ठाकुरले टाइप–७७ पेस्तोलबाट एक राउन्ड गोली फायर गरी उनलाई नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका पासवानको साथबाट लागूऔषध खैरो हिरोइनको अन्दाजी ५० ग्राम र प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको डिएसपी पासवानले बताए । प्रारम्भिक अनुसन्धानपछि उनलाई मोटरसाइकल र बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय महेशपुरपतारमा बुझाइएको र घटनास्थलमा थप खानतलासी जारी रहेको जानकारी दिइएको छ ।

प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारमा संलग्न गिरोहको निगरानी कडा बनाएको छ । पछिल्लो समयमा भारतीय सीमाबाट नेपालतर्फ लागूऔषधको ओसारपसार बढिरहेको पाइएपछि प्रहरीले गस्ती र निगरानीलाई थप सशक्त बनाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!