२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सिरहामा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारी पक्राउ,

Logo
सुरेन्द्र दास प्रकाशित शनिबार, साउन १०, २०८२

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, भारतबाट लागूऔषध नेपाल ल्याइँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको संयुक्त टोली सीमावर्ती क्षेत्रमा गस्तीमा खटिएको थियो । टोलीमा इलाका प्रहरी कार्यालय झाझपट्टीका प्रहरी नायब निरीक्षक (सई) रामबालक ठाकुर, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक शिव मैनाली, र लागूऔषध नियन्त्रण ब्युरो (गोलबजार) बाट खटिएको टोली सहभागी थियो ।

आज बिहान करिब ४ बजे भारतीय नम्बर प्लेट (BR 32 M 7338) को मोटरसाइकलमा आएका शंकास्पद व्यक्तिलाई प्रहरीले रोक्न खोज्दा उनी भाग्न प्रयास गरेका थिए । सो क्रममा प्रहरी नायब निरीक्षक ठाकुरले टाइप–७७ पेस्तोलबाट एक राउन्ड गोली फायर गरी उनलाई नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका पासवानको साथबाट लागूऔषध खैरो हिरोइनको अन्दाजी ५० ग्राम र प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको डिएसपी पासवानले बताए । प्रारम्भिक अनुसन्धानपछि उनलाई मोटरसाइकल र बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय महेशपुरपतारमा बुझाइएको र घटनास्थलमा थप खानतलासी जारी रहेको जानकारी दिइएको छ ।

प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारमा संलग्न गिरोहको निगरानी कडा बनाएको छ । पछिल्लो समयमा भारतीय सीमाबाट नेपालतर्फ लागूऔषधको ओसारपसार बढिरहेको पाइएपछि प्रहरीले गस्ती र निगरानीलाई थप सशक्त बनाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!