२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गढवामा ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको अबस्थामा पक्राउ,

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, साउन ११, २०८२

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो ।

कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा वडा अध्यक्ष चौधरीले अवैध रुपमा उक्त काठलाई मिष्ट्रीहरु लगाएर काठ गोलिया बनाइ आफ्नै घरमा चिरान गराउदै गरेको अबस्थामा फेला पारिएको सव डिभिजन वन कार्यालय गढवाका सव डिभिजनल वन अधिकृत याम प्रसाद गैरेले सिधा-पत्र डटकमलाई जानकारी दिए । अहिले बरामद गरिएको उक्त काठलाई नियन्त्रणमा ल्याइ सव डिभिजन वन कार्यालय गढवामा राखिएको सव डिभिजनल अधिकृत गैरेले बताए ।

त्यस्तै यता डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले वन एन अनुसार ती अवैध रुपमा काठ चिरान गराउने र गर्ने व्यक्तिहरुलाई कारबाही गरिने जानकारी दिए ।

वडा अध्यक्ष चौधरी यस अघि पनि सामुदायिक वनको ऐलानी जग्गा अतिक्रमण गरेको भनेर विवादमा समेत परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]