२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन १२, २०८२

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता

बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् ।

बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले बताए ।

शाखा प्रबन्धक श्रेष्ठले आर्थिक वर्ष २०८१–०८२ मा छ हजार मेट्रिक टन युरिया, दुई हजार पाँच सय मेट्रिक टन डिएपी, तीन सय मेट्रिक टन पोटास गरी जम्मा आठ हजार आठ सय मेट्रिक टन मल वितरण गर्ने लक्ष्य रहेकोमा सो अनुसारको मल प्राप्त नभएको बताए ।

जिल्लामा माग अनुसार युरिया र रासायनिक मल नआएपछि किसानलाई समस्या भएको उनको भनाइ छ । आर्थिक वर्ष २०८१–०८२ मा युरिया मल चार हजार ८४५ मेट्रिक टन र दुई हजार ९०८ टन डिपिए मल आएको थियो भने सोही अवधीमा २७१ मेट्रिक टन पोटास मात्र प्राप्त भएको थियो ।

मल अभाव हुनुका प्रमुख कारण माग अनुसारको मल नपाउनुनै रहेको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

आवश्यकता अनुसारको वर्षा नभए पनि जिल्लामा हालसम्म ९०.९ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार सिँचाइ पुगेको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने बाँकी ठाउँमा अन्य विधिबाट सिँचाइ गरी रोपाइँ गर्ने क्रम जारी छ ।

किसानहरुका अनुसार अहिले बाँकेमा धानखेतीको समय हो । त्यसका लागि प्रमुख रूपमा चाहिने रासायनिक मल युरिया हो । माग अनुसार अनुदानको रासायनिक मल प्राप्त नभएपछि सीमावर्ती क्षेत्रका किसानहरू भारतीय बजारबाट अवैधरूपमा रासायनिक मल ल्याउन बाध्य भएको डुडुवा कम्दीका किसान सुरज मौर्यले गुनासो गरे । उनले मलको चरम अभावका कारण मल लिन सीमापारि जानुपरेकाले  भारतीय सुरक्षाकर्मी एसएसबीले फेला पर्दा नियन्त्रणमा लिने र अभद्र व्यवहार गर्ने गरेको बताए ।

भारत मल ल्याउँदा नेपाली सुरक्षाकर्मीले पनि दुःख दिने गरेको किसानहरूले बताएका छन् । ‘‘मलको अत्यधिक समस्या छ, मल पाइँदा पनि माग अनुसार पाउँदैनौं, मल अभावमा बढी मूल्य तिरेर समेत भारतबाट ल्याउँदा दुवै देशका सुरक्षाकर्मीबाट पीडित हुनुपरेको छ ।’’ नेपालगञ्ज जयसपुरका किसान साबिर अलीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]