२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

इटहरीमा प्रहरी हिरासत भित्र निर्घात कुटपिट गरि हत्या गरिएको परिवारको आरोप,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १२, २०८२

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज भएर ब्रेन ह्यामरेज भएको पोस्टमार्टम रिपोर्ट आएको बताएका छन् । ‘हामीलाई पनि डर थियो । तर,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको पोस्टमार्टम रिपोर्टले लागुऔषधको डोज बढी भएको भनेर दिएको छ,’ तिम्सिनाले भने, ‘मृतकका आफन्त र परिवारजनलाई डाक्टरले ब्रिफिङ गरिसक्नुभएको छ ।’
यही साउन ९ गते साँझ युवराज निरौला र उनका साथी धरान जाँदै थिए, तर तीनकुने प्रहरी चौकीको चेकजाँच गरेको थियो । त्यसक्रममा लागुऔषध सहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । उता मृतकका भाइ सन्तोष निरौलाका अनुसार प्रहरीले सुरुमा पक्राउ गरेको र पछि घाइते भएको खबर दियो । उनी भन्छन्, ‘राति २ बजे अस्पताल पुग्दा दाइको टाउकोबाट रगत बगिरहेको थियो, उहाँ अचेत हुनुहुन्थ्यो । चिकित्सकहरूले टाउकोमा गहिरो चोट र रगत जमेका कारण मृत्यु भएको बताए । यो सरासर हत्या हो ।’

प्रहरीले लागुऔषध भेटिएपछि ८ हजार रुपैयाँ घुस मागेको परिवारको दाबी छ । युवराजका साथीले ३ हजार दिएका तर युवराजसँग पैसा नहुँदा विवाद भएको र प्रहरीले बुट र हातले छाती र टाउकोमा निर्घात प्रहार गरेको परिवारले भनेको छ ।
यता प्रहरीले भने यी सबै आरोप अस्वीकार गरेको छ । धरानका डीएसपी प्रकाश जवेगुले लागुऔषध सेवन गरेका युवराज पक्राउ पर्ने डरले भाग्ने क्रममा लडेर घाइते भएको दाबी गरेका छन् । तर, घटनाका एक मात्र प्रत्यक्षदर्शी र युवराजका साथी दीपक कटुवाललाई प्रहरीले झुटो हल्ला फैलाएको भन्दै नियन्त्रणमा राखेको छ ।
परिवारले भने सत्यतथ्य दबाउन प्रहरीले दीपकलाई बन्धक बनाएको आरोप लगाएको छ । न्यायको माग गर्दै परिवारजन इलाका प्रहरी कार्यालय धरान घेराउ गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!