२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इटहरीमा प्रहरी हिरासत भित्र निर्घात कुटपिट गरि हत्या गरिएको परिवारको आरोप,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १२, २०८२

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज भएर ब्रेन ह्यामरेज भएको पोस्टमार्टम रिपोर्ट आएको बताएका छन् । ‘हामीलाई पनि डर थियो । तर,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको पोस्टमार्टम रिपोर्टले लागुऔषधको डोज बढी भएको भनेर दिएको छ,’ तिम्सिनाले भने, ‘मृतकका आफन्त र परिवारजनलाई डाक्टरले ब्रिफिङ गरिसक्नुभएको छ ।’
यही साउन ९ गते साँझ युवराज निरौला र उनका साथी धरान जाँदै थिए, तर तीनकुने प्रहरी चौकीको चेकजाँच गरेको थियो । त्यसक्रममा लागुऔषध सहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । उता मृतकका भाइ सन्तोष निरौलाका अनुसार प्रहरीले सुरुमा पक्राउ गरेको र पछि घाइते भएको खबर दियो । उनी भन्छन्, ‘राति २ बजे अस्पताल पुग्दा दाइको टाउकोबाट रगत बगिरहेको थियो, उहाँ अचेत हुनुहुन्थ्यो । चिकित्सकहरूले टाउकोमा गहिरो चोट र रगत जमेका कारण मृत्यु भएको बताए । यो सरासर हत्या हो ।’

प्रहरीले लागुऔषध भेटिएपछि ८ हजार रुपैयाँ घुस मागेको परिवारको दाबी छ । युवराजका साथीले ३ हजार दिएका तर युवराजसँग पैसा नहुँदा विवाद भएको र प्रहरीले बुट र हातले छाती र टाउकोमा निर्घात प्रहार गरेको परिवारले भनेको छ ।
यता प्रहरीले भने यी सबै आरोप अस्वीकार गरेको छ । धरानका डीएसपी प्रकाश जवेगुले लागुऔषध सेवन गरेका युवराज पक्राउ पर्ने डरले भाग्ने क्रममा लडेर घाइते भएको दाबी गरेका छन् । तर, घटनाका एक मात्र प्रत्यक्षदर्शी र युवराजका साथी दीपक कटुवाललाई प्रहरीले झुटो हल्ला फैलाएको भन्दै नियन्त्रणमा राखेको छ ।
परिवारले भने सत्यतथ्य दबाउन प्रहरीले दीपकलाई बन्धक बनाएको आरोप लगाएको छ । न्यायको माग गर्दै परिवारजन इलाका प्रहरी कार्यालय धरान घेराउ गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।