२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन १३, २०८२

मेष -शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो।

वृष -काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ ।

मिथुन -सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा राख्नुपर्छ ।

कर्कट -घरमा मर्मत, साजसज्जा वा आन्तरिक व्यवस्था मिलाउने कार्यमा लागि पर्ने दिन रहेको छ ।आमाबुबाको साथ वा सहयोगले अगाडि वढ्न सकिनेछ ।

सिंह -मित्रसँग भेटघाट, सन्देश आदानप्रदान हुने दिन हो। उत्साहसाथ काममा लागेमा राम्रो लाभ मिल्नेछ।

कन्या -धन खर्चमा संयमता राख्नुहोस्। नयाँ योजना बनाउने सोच पलाउन सक्छ तर तत्काल निर्णय नगर्नु उपयुक्त हुनेछ

तुला -चञ्चलता बढ्न सक्छ। आत्मकेन्द्रित निर्णयबाट टाढा बस्नुहोस्। मङ्गलको प्रभावले जोश बढाए पनि कार्यमा स्थिरता आवश्यक छ।

वृश्चिक -गोप्य योजना वा मानसिक तनावले दिन प्रभावित हुन सक्छ। ध्यान वा एकान्तमा केही समय बिताउनु उपयोगी हुनेछ ।

धनु -समूह, मित्र वा संस्था मार्फत काम गर्ने अवसर मिल्नेछ। सामाजिक योगदान वा सहभागिता बढ्न सक्छ।

मकर -कामका असाध्यै व्यस्त भैइनेछ अफिस वा व्यवसायमा नेतृत्त्व भूमिका लिनुपर्ने समय हो। जिम्मेवारीमा कमी नगर्नुहोला ।

कुम्भ -धार्मिक भावना जाग्नेछ। यात्राको योग बन्नेछ। कुनै नयाँ विषय अध्ययन गर्ने समय रहेको छ।

मीन -दाम्पत्य र साझेदारीको विषयमा गम्भीर विचार गर्नुपर्ने समय हो। तर क्रोधले सम्बन्धमा असर गर्न सक्छ — संयम आवश्यक छ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!