काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् ।
सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र नायव उपरीक्षक पदमा विशेष बढुवा भएका अधिकृतहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।