२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

२३ वर्ष अघि कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेका दोषीलाई प्रहरीले पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन १४, २०८२

 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा।वि।स।–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका क्रममा स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट भएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

सो घटनामा संलग्न रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई सर्वोच्च अदालतले २०५९ साल असोज ७ गतेको फैसलामार्फत २ वर्ष कैद सजाय तोकेको थियो। तर उनी फैसला पछि फरार भएका थिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको अपरेसन टोलीले उनलाई कास्की जिल्लाको पोखरा महानगरपालिका–१७, तल्लो बिरौटा टोलबाट मंगलबार गते पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका सोतीमगरलाई अब स्याङ्जा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]