२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

२३ वर्ष अघि कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेका दोषीलाई प्रहरीले पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन १४, २०८२

 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा।वि।स।–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका क्रममा स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट भएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

सो घटनामा संलग्न रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई सर्वोच्च अदालतले २०५९ साल असोज ७ गतेको फैसलामार्फत २ वर्ष कैद सजाय तोकेको थियो। तर उनी फैसला पछि फरार भएका थिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको अपरेसन टोलीले उनलाई कास्की जिल्लाको पोखरा महानगरपालिका–१७, तल्लो बिरौटा टोलबाट मंगलबार गते पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका सोतीमगरलाई अब स्याङ्जा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!