२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा मल अभाव पछी सिडियोलाई योङ कम्युनिस्ट लिग वाइसीएल नेपाल बाँकेको ज्ञापनपत्र

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, साउन १४, २०८२

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत दिएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘मध्य वर्षायाम सुरु भइसकेको छ, तर किसानहरू मल नपाएर खेत बाँझो राख्न बाध्य छन् । पटक–पटकको सरकारी आश्वासन झूटा सावित भएका छन् र यो अवस्था योजनाबद्ध रूपमा सिर्जना गरिएको आशंका छ ।’

उक्त ज्ञापनपत्रमा कालोबजारी, कमिसनको खेल र पहुँचको आधारमा मल वितरण हुनेजस्ता प्रवृत्तिको घोर भर्त्सना गरिएको छ ।

ज्ञापनपत्रमा थप उल्लेख गरिएको छ, ‘रासायनिक मलको अभाव केवल किसानको समस्यामात्र होइन, यो खाद्य सुरक्षामाथिको प्रहार हो । कृषि प्रधान देशमा बारम्बार यस्तो समस्या दोहोरिनु सरकारको असक्षमता र उदासिनताको प्रमाण हो ।’

वाइसीएल बाँकेले सरकारलाई तुरुन्त सुधारात्मक कदम चाल्न चेतावनी दिँदै भनेको छ, ‘यदि देशभर मल आपूर्तिको सुनिश्चितता नभएमा वाइसीएल नेपाल देशव्यापी आन्दोलनमा जानेछ ।’

ज्ञापनपत्र बुझाउने क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष (जीत) र बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेल सहित, जिल्ला सचिव विजय बर्मा, प्रदेश समिति सदस्य दिनेश थापा, जिल्ला कोषाध्यक्ष मरुफ शेष लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!