१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बाँकेमा मल अभाव पछी सिडियोलाई योङ कम्युनिस्ट लिग वाइसीएल नेपाल बाँकेको ज्ञापनपत्र

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, साउन १४, २०८२

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत दिएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘मध्य वर्षायाम सुरु भइसकेको छ, तर किसानहरू मल नपाएर खेत बाँझो राख्न बाध्य छन् । पटक–पटकको सरकारी आश्वासन झूटा सावित भएका छन् र यो अवस्था योजनाबद्ध रूपमा सिर्जना गरिएको आशंका छ ।’

उक्त ज्ञापनपत्रमा कालोबजारी, कमिसनको खेल र पहुँचको आधारमा मल वितरण हुनेजस्ता प्रवृत्तिको घोर भर्त्सना गरिएको छ ।

ज्ञापनपत्रमा थप उल्लेख गरिएको छ, ‘रासायनिक मलको अभाव केवल किसानको समस्यामात्र होइन, यो खाद्य सुरक्षामाथिको प्रहार हो । कृषि प्रधान देशमा बारम्बार यस्तो समस्या दोहोरिनु सरकारको असक्षमता र उदासिनताको प्रमाण हो ।’

वाइसीएल बाँकेले सरकारलाई तुरुन्त सुधारात्मक कदम चाल्न चेतावनी दिँदै भनेको छ, ‘यदि देशभर मल आपूर्तिको सुनिश्चितता नभएमा वाइसीएल नेपाल देशव्यापी आन्दोलनमा जानेछ ।’

ज्ञापनपत्र बुझाउने क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष (जीत) र बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेल सहित, जिल्ला सचिव विजय बर्मा, प्रदेश समिति सदस्य दिनेश थापा, जिल्ला कोषाध्यक्ष मरुफ शेष लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!