काठमाडौँ । ठमेलस्थित नगरकोट दोहोरी साँझमा झगडा भएको सूचनाका आधारमा पुगेको प्रहरीले उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुलदिप चन्दले जानकारी दिए।
‘दोहोरी साँझमा झैझगडा भएको खबर पाएपछि प्रहरी टोली खटाइएको थियो। घटनास्थलमा पुगेका प्रहरीको निगरानीमा नियन्त्रणमा लिँदा सानुभाइ पनि थिए,’ एसपी चन्दले भने ।
हाल सानुभाइ पक्राउमा परे पनि उनीमाथि मुद्दा चल्ने/नचल्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ। साथै, उनीविरुद्ध पुराना कुनै आपराधिक मुद्दा बाँकी रहे/नरहेको पनि अनुसन्धान भइरहेको छ।
ठमेल क्षेत्रमा विवादमा मुछिनु सानुभाइका लागि नयाँ कुरा होइन। २०८० साल माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङ क्षेत्रमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा उनको समूह मुछिएको थियो। उक्त घटनापछि उनी फरार भएका थिए।
त्यसै वर्ष असार महिनामा पनि उनी कुटपिटकै घटनामा पक्राउ परेका थिए। तर, पछि धरौटी बुझाएर छुटेका थिए।