२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नुवाकोटका युवराज गुरुङ उर्फ (सानुभाइ) फेरि जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन १५, २०८२

काठमाडौँ । ठमेलस्थित नगरकोट दोहोरी साँझमा झगडा भएको सूचनाका आधारमा पुगेको प्रहरीले उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुलदिप चन्दले जानकारी दिए।

‘दोहोरी साँझमा झैझगडा भएको खबर पाएपछि प्रहरी टोली खटाइएको थियो। घटनास्थलमा पुगेका प्रहरीको निगरानीमा नियन्त्रणमा लिँदा सानुभाइ पनि थिए,’ एसपी चन्दले भने ।

हाल सानुभाइ पक्राउमा परे पनि उनीमाथि मुद्दा चल्ने/नचल्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ। साथै, उनीविरुद्ध पुराना कुनै आपराधिक मुद्दा बाँकी रहे/नरहेको पनि अनुसन्धान भइरहेको छ।

ठमेल क्षेत्रमा विवादमा मुछिनु सानुभाइका लागि नयाँ कुरा होइन। २०८० साल माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङ क्षेत्रमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा उनको समूह मुछिएको थियो। उक्त घटनापछि उनी फरार भएका थिए।

त्यसै वर्ष असार महिनामा पनि उनी कुटपिटकै घटनामा पक्राउ परेका थिए। तर, पछि धरौटी बुझाएर छुटेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]