२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

१ वर्षको कार्यकाल पूरा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन १५, २०८२

१ वर्षको कार्यकाल पूरा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा

काठमाडौं । संघीय सरकारले एक वर्षको कार्यकाल पूरा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता हुने भएको छ।

सरकार गठनपछि एक वर्षसम्म अपेक्षित गतिमा काम नगरेको भन्दै ओलीले मन्त्रिपरिषद्मा उल्लेखनीय हेरफेर गर्न चाहेका हुन्। तर, गठबन्धन सरकार भएकाले उनले कांग्रेसको सहमति खोजिरहेका छन्। यसअघि पनि ओलीले कमजोर कार्यसम्पादन देखिएका केही मन्त्रीबारे कांग्रेस नेतृत्वसँग छलफल गरिसकेका थिए।

तर, एमाले आफ्ना सबै मन्त्रीहरू फेर्ने तयारीमा देखिँदा कांग्रेस भने गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बाहेकका केही मन्त्री फेर्ने पक्षमा देखिएको छ। स्रोतका अनुसार शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने पनि छोटो कार्यकाल भएको भन्दै यथावत् रहनेछन्।

एमालेतर्फबाट अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ भने कायम राख्ने तयारी गरिएको छ। बाँकी मन्त्रीहरूमा व्यापक फेरबदल गरिने सम्भावना छ।

यता, केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना तर्फबाट श्रममन्त्री रहेका शरदसिंह भण्डारीलाई हटाउन प्रधानमन्त्रीलाई पत्र पठाइसकेका छन्। ठाकुरले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मन्त्री फेर्न आग्रह गरेका थिए।

श्रोतका अनुसार सम्भवतः साउनको अन्तिम साता वा भदौको सुरुमा मन्त्री फेरबदल टुंगोमा पुग्नेछ। सत्ता साझेदार दलहरूबीच सहमति जुटेपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!