२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंज बासीहरु खानेपानीको चरम अभाव झेल्दै अहिले दैनिक एक करोड लिटर भन्दा बढी पानी आपूर्ति हुँदै,

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, साउन १५, २०८२

बिरगंज बासीहरु खानेपानीको चरम अभाव झेल्दै अहिले दैनिक एक करोड लिटर भन्दा बढी पानी आपूर्ति हुँदै

पर्सा । बिरगंज लामो समयदेखिको खडेरी र भू-जल सतह घट्दै जाँदा निम्तिएको पानी अभावलाई समाधान गर्न नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाको नगवास्थित पम्प स्टेसनमा नयाँ डिप वेल (बोरिङ) सञ्चालनमा आएपछि पानी आपूर्तिमा उल्लेखनीय सुधार देखिएको हो ।

संस्थानका इन्जिनियर तथा सूचना अधिकृत सञ्जीव यादवका अनुसार, नयाँ डिप वेलबाट दैनिक २० लाख लिटर पानी थप आपूर्ति भइरहेको छ । यसअघि शाखाले दैनिक ८० लाख लिटर पानी वितरण गर्दै आएकोमा अहिले त्यो आपूर्ति बढेर एक करोड लिटर पुगेको उनले जानकारी दिए । “नयाँ बोरिङबाट प्रतिमिनेट ३ हजार लिटर पानी उत्पादन भइरहेको छ,” उनले भने, “अहिले महानगरको माग अनुसारको तालमेल मिलाउँदै दैनिक आपूर्ति व्यवस्थापन भइरहेको छ ।”

पानी आपूर्तिमा सुधार भएसँगै ट्याङ्करमार्फत वितरणमा समेत कमी आएको छ । एक साता अघिसम्म दुई वटा ट्याङ्करले दैनिक ५० हजार लिटर पानी वितरण गर्दै आएकोमा अहिले एउटा ट्याङ्करले मात्रै सेवा दिइरहेको यादवले बताए । “ट्याङ्करको माग झन् कम हुँदै गएको छ, फोन गरेर पानी माग गर्ने क्रम पनि रोकिएको छ,” उनले थपे ।

हाल नेपाल खानेपानी संस्थान शाखाबाहेक वीरगञ्ज महानगरको दुई वटा, प्रदेश सरकारबाट उपलब्ध आठ वटा, डिभिजन वन कार्यालयको एकसहित करिब एक दर्जन ट्याङ्करहरू सक्रिय छन् । ट्याङ्करहरूले दैनिक पाँच लाख लिटरसम्म पानी वितरण गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।