२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिरगंज बासीहरु खानेपानीको चरम अभाव झेल्दै अहिले दैनिक एक करोड लिटर भन्दा बढी पानी आपूर्ति हुँदै,

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, साउन १५, २०८२

बिरगंज बासीहरु खानेपानीको चरम अभाव झेल्दै अहिले दैनिक एक करोड लिटर भन्दा बढी पानी आपूर्ति हुँदै

पर्सा । बिरगंज लामो समयदेखिको खडेरी र भू-जल सतह घट्दै जाँदा निम्तिएको पानी अभावलाई समाधान गर्न नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाको नगवास्थित पम्प स्टेसनमा नयाँ डिप वेल (बोरिङ) सञ्चालनमा आएपछि पानी आपूर्तिमा उल्लेखनीय सुधार देखिएको हो ।

संस्थानका इन्जिनियर तथा सूचना अधिकृत सञ्जीव यादवका अनुसार, नयाँ डिप वेलबाट दैनिक २० लाख लिटर पानी थप आपूर्ति भइरहेको छ । यसअघि शाखाले दैनिक ८० लाख लिटर पानी वितरण गर्दै आएकोमा अहिले त्यो आपूर्ति बढेर एक करोड लिटर पुगेको उनले जानकारी दिए । “नयाँ बोरिङबाट प्रतिमिनेट ३ हजार लिटर पानी उत्पादन भइरहेको छ,” उनले भने, “अहिले महानगरको माग अनुसारको तालमेल मिलाउँदै दैनिक आपूर्ति व्यवस्थापन भइरहेको छ ।”

पानी आपूर्तिमा सुधार भएसँगै ट्याङ्करमार्फत वितरणमा समेत कमी आएको छ । एक साता अघिसम्म दुई वटा ट्याङ्करले दैनिक ५० हजार लिटर पानी वितरण गर्दै आएकोमा अहिले एउटा ट्याङ्करले मात्रै सेवा दिइरहेको यादवले बताए । “ट्याङ्करको माग झन् कम हुँदै गएको छ, फोन गरेर पानी माग गर्ने क्रम पनि रोकिएको छ,” उनले थपे ।

हाल नेपाल खानेपानी संस्थान शाखाबाहेक वीरगञ्ज महानगरको दुई वटा, प्रदेश सरकारबाट उपलब्ध आठ वटा, डिभिजन वन कार्यालयको एकसहित करिब एक दर्जन ट्याङ्करहरू सक्रिय छन् । ट्याङ्करहरूले दैनिक पाँच लाख लिटरसम्म पानी वितरण गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!