२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौंका विभिन्न स्थानबाट लागूऔषधको अवैध कारोबारमा संलग्न ६ जना विभिन्न पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन १५, २०८२

 

काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौं महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष विक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शङ्कर राजवंशी रहेका छन्।

राजवंशीको साथबाट १०९ दशमलव २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, मोबाइल नौ थान र नेपाली नगद रु ८२ हजार ६३५ बरादम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]