१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

फिल्म सैइलीमा गाडीले बाटो छेकेर हिँडेको फोटो प्रहरीले देखेपछि समूहको पिछा गरेर प्रहरीले पक्राउ गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १६, २०८२

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरीले अधिकृतहरूले पाएका थिए । सो गाडी चक्रे समूहको भएको पुष्टि भएपछि उनीहरू ‘पुरानै बाटो’ रहेको निष्कर्ष निकालेर निगरानी गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले मिडियालाई बताए । उनले भने, ‘सडक आफ्नै जस्तो गरेर छेकेर हिँड्नु त गुण्डागर्दी भयो भन्ने हाम्रो निष्कर्ष छ । ’

चक्रे र उनको समूहले गुण्डागर्दी नछाडेको र नसुध्रिएको निष्कर्षको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले गएराति महाराजगन्जमा अपरेसन गरेका हुन् ।

हप्ताभरी जन्मदिन मनाउने कार्यक्रम अन्तर्गत मिलन आफ्नो समूहसँग साम्बालाको आठौँ तलामा पुगेका थिए । गएराति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

प्रहरीले चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेका छन् । खुकुरी र रड आत्मरक्षाको लागी बोकेर हिँडेको पक्राउ परेका मध्येका राहुल खड्काले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘खुकुरी आत्मरक्षाको लागि बोकेका हौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

error: Content is protected !!