२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा आर्थिक वर्ष ८१/८२ विभिन्न कार्यालय मार्फत २९ अर्बभन्दा बढी राजस्व सङ्कलन,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, साउन १६, २०८२

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९
अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो।

प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ लाख ९४ हजार ३७२ रुपियाँराजस्व वृद्धि भएको देखिन्छ।

कोष नियन्त्रक कार्यालयका अनुसार बाँके जिल्लामा सबैभन्दा धेरै राजस्व नेपालगञ्ज भन्सार कार्यालयले सङ्कलन गरेको छ। भन्सार कार्यालयले मात्रै २० अर्ब २८ करोड ७२ लाख रुपियाँ राजस्व संकलन गरेको छ। विशेषगरी डिजेल आयातबाट मात्रै यस कार्यालयले छ अर्बभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।

अघिल्लो वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सारले १८ अर्ब १५ करोड ७२ लाख रुपियाँ राजस्व संकलन गरेको थियो। यसरी हेर्दा भन्सार कार्यालयको राजस्व संकलनमा २ अर्बभन्दा बढी वृद्धि देखिएको छ।

जिल्लामा दोस्रो बढी राजस्व संकलन गर्ने निकायका रूपमा आन्तरिक राजस्व कार्यालय रहेको छ। उक्त कार्यालयले ८ अर्ब २९ करोड ८६ लाख १८ हजार रुपियाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष यो कार्यालयले ७ अर्ब ६९ करोड ६२ लाख रुपियाँ संकलन गरेको थियो, जसअनुसार ७४ करोडभन्दा बढीको वृद्धि भएको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जिल्लामा दुई ठूला राजस्व सङ्कलनकर्ताहरू — नेपालगञ्ज भन्सार र आन्तरिक राजस्व कार्यालय — दुवैको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

सरकारी राजस्व सङ्कलनमा भएको यो वृद्धिले जिल्लाको आर्थिक क्रियाशीलता तथा सरकारी प्रशासनिक संयन्त्रको प्रभावकारितालाई पनि झल्काउने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]