२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा आर्थिक वर्ष ८१/८२ विभिन्न कार्यालय मार्फत २९ अर्बभन्दा बढी राजस्व सङ्कलन,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, साउन १६, २०८२

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९
अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो।

प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ लाख ९४ हजार ३७२ रुपियाँराजस्व वृद्धि भएको देखिन्छ।

कोष नियन्त्रक कार्यालयका अनुसार बाँके जिल्लामा सबैभन्दा धेरै राजस्व नेपालगञ्ज भन्सार कार्यालयले सङ्कलन गरेको छ। भन्सार कार्यालयले मात्रै २० अर्ब २८ करोड ७२ लाख रुपियाँ राजस्व संकलन गरेको छ। विशेषगरी डिजेल आयातबाट मात्रै यस कार्यालयले छ अर्बभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।

अघिल्लो वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सारले १८ अर्ब १५ करोड ७२ लाख रुपियाँ राजस्व संकलन गरेको थियो। यसरी हेर्दा भन्सार कार्यालयको राजस्व संकलनमा २ अर्बभन्दा बढी वृद्धि देखिएको छ।

जिल्लामा दोस्रो बढी राजस्व संकलन गर्ने निकायका रूपमा आन्तरिक राजस्व कार्यालय रहेको छ। उक्त कार्यालयले ८ अर्ब २९ करोड ८६ लाख १८ हजार रुपियाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष यो कार्यालयले ७ अर्ब ६९ करोड ६२ लाख रुपियाँ संकलन गरेको थियो, जसअनुसार ७४ करोडभन्दा बढीको वृद्धि भएको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जिल्लामा दुई ठूला राजस्व सङ्कलनकर्ताहरू — नेपालगञ्ज भन्सार र आन्तरिक राजस्व कार्यालय — दुवैको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

सरकारी राजस्व सङ्कलनमा भएको यो वृद्धिले जिल्लाको आर्थिक क्रियाशीलता तथा सरकारी प्रशासनिक संयन्त्रको प्रभावकारितालाई पनि झल्काउने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!