२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

आज शनिबारको राशिफल:

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन १७, २०८२

मेष-धार्मिक कार्यमा मन जानेछ। मित्रताको अनुभव हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। खर्च सामान्यभन्दा बढी हुन सक्छ। वैदेशिक काममा प्रगति देखिन्छ।

वृष-आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन सकिनेछ। आफन्तसँग आत्मीयता बढ्नेछ। प्रतिष्ठा बढ्ने दिन हो। मनका कुरा बुझ्ने साथी भेटिन सक्छ।

मिथुन-मन थोरै अस्थिर हुन सक्छ। आन्तरिक द्वन्द्व देखिन सक्छ। आत्मनिरीक्षण र धैर्य आवश्यक छ। गोप्य कुरा गोप्य नै राख्नु राम्रो हुनेछ।

कर्कट-सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। सहकर्मी र साथीभाइको साथ पाइनेछ। साझा प्रयास सफल हुनेछ। पारिवारिक वातावरण सकारात्मक रहनेछ।

सिंह-नेतृत्व क्षमता देखिनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। प्रशंसा पाइने सम्भावना छ। काममा आत्मबल र जोश रहनेछ। शत्रुहरू कमजोर हुनेछन्।

कन्या-बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। अध्ययन र लेखनमा सफलता मिल्नेछ। न्याय वा प्रशासनसम्बन्धी कार्यमा सकारात्मक संकेत देखिन्छ।

तुला-अप्रत्याशित लाभको सम्भावना छ। पुराना ऋण तिर्न सकिनेछ। भावना र यथार्थमा सन्तुलन आवश्यक छ। ध्यान र संयमले मन शान्त रहनेछ।

वृश्चिक-दाम्पत्य र साझेदारीमा संवेदनशीलता देखिन सक्छ। आत्मीय सम्बन्धको पुनःस्थापना हुने दिन हो। व्यवहारमा सन्तुलन कायम राख्नु आवश्यक छ।

धनु-नयाँ कार्य सुरु गर्न अनुकूल समय हो। समस्याको समाधानतर्फ उन्मुख हुनेछ। कार्यमा मन जानेछ। स्वास्थ्यमा पनि सुधार देखिन्छ।

मकर-मन रमाइलो बन्नेछ। सन्तान वा प्रेमसम्बन्धमा सुख मिल्नेछ। पारिवारिक तनाव केही देखिन सक्छ। सानो यात्रा वा घुमफिरको अवसर मिल्नेछ।

कुम्भ-घरपरिवारमा जिम्मेवारी बढ्नेछ। अचल सम्पत्तिबाट लाभ मिल्न सक्छ। अभिभावकसँग सम्बन्ध सुधार हुनेछ। घर परिवर्तनको संकेत देखिन्छ।

मीन-योजना कार्यान्वयनमा लाग्ने दिन हो। यात्राबाट लाभ मिल्नेछ। विवादबाट टाढा रहनु राम्रो हुनेछ। संचार र लेखनमा सफलता मिल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!