१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १ सय ८ जना सदस्यलाई जेल सजाय,

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन १७, २०८२

काठमाडौं । सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा इस्लामाबादको ‘एन्टी–टेररिजम कोर्ट’ ले खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पीटीआई) का सदस्यहरूलाई जेल सजाय सुनाएको बीबीसीले जनाएको छ।

सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रियसभाका विपक्षी नेता उमर अयुब खान पनि छन् जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ । अदालतको यो निर्णयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पीटीआई’ लाई ठूलो झड्का लागेको खबरमा उल्लेख छ ।

सन् २०२३ को मे महिनामा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शनहरू भएका थिए ।

अदालतको फैसलाको विपक्षी नेताहरूले निन्दा गरेका छन् । अदालतको फैसलामा पीटीआईका ६ जना सांसदलाई पनि अयोग्य घोषित गरिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

error: Content is protected !!