२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

कोशी प्रदेश सरकारले आफ्नो आधिकारिक कागजातमा विराटनगर नेपाल’लेख्ने निर्णय गर्‍यो,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन १७, २०८२

 

बिराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो। यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो। प्रदेशको नाममा स्पष्टता ल्याउने उद्देश्यले मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए।

उनले भने, ‘अबदेखि ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने छ।’ प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक तयार गरी प्रदेशसभामा पेस गर्ने निर्णयसमेत बैठकले गरेको भण्डारीको भनाइ छ। उनका अनुसार यो विधेयक पारित भएपछि कोशी प्रदेशमा लिम्बू भाषा र मैथिली भाषा पनि सरकारी कामकाजको भाषा बन्ने बाटो खुल्ने छ।

प्रतिपक्षी दलका सांसदहरुले दर्ता गरेको विधेयक अगाडि बढाउन नमानेको सरकारले आफैं विधेयक तयार गरेर पेस गर्ने निर्णय गरेको हो। ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको मन्त्री भण्डारीले बताए। विधेयक पारित भएसँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बू र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउने छन्। उक्त कानुन महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर कात्तिक २५ गतेबाट कार्यान्वयनमा जानेछ।

कोशी प्रदेशको तथ्यांक व्यवस्थापन सम्बन्धी विधेयकलाई प्रदेश मामिला समितिबाट परिमार्जन गरी प्रदेशसभामा पेस गर्न स्वीकृति दिइएको भण्डारीको भनाइ छ। साथै, प्रदेश स्वास्थ्य नीति, २०८२ लाई स्वीकृति दिने निर्णय भएको र शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालनसम्बन्धी विधेयक प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको मन्त्री भण्डारीले बताए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!