२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राज्यले मिडिया नियन्त्रण गर्ने नियत राखेको मिडियामैत्री कानुन अनिवार्य हुनुपर्छ, बिपुल पोख्रेल

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन १७, २०८२

बाँके । नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने स्पष्ट पार्नुभएको छ । विधेयकका धेरै बुँदामा नेपाल पत्रकार महासंघको असहमति रहेको भन्दै आचार्यले सच्चिएर नआए नमान्ने स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले शुक्रबार  नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आमसञ्चार विधेयक पनि नियमन गर्ने नाममा नियन्त्रणमुखी भएको भन्दै महासंघले विरोध जनाइसकेको स्मरण गर्नुभयो । उहाँले पत्रकार महासंघको शुद्धिकरण अभियान निरन्तर चल्ने प्रक्रिया भएको भन्दै दस्तावेजीकरणका लागि नवीकरण गर्दा यसपटक आवश्यक सम्पूर्ण कागजात मागिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले मिडिया नियन्त्रण गर्ने नियत राखेको बताउँदै मिडियामैत्री कानुन अनिवार्य शर्त रहेको बताउनुभयो । उहाँले संघियताको लाभ मिडियाले पाउन नसकेको उल्लेख गर्नुभयो । पोख्रेलले नवलोकप्रियताबादी मौलाए भने त्यसको प्रहार मिडियामाथि हुने भन्दै अहिले देखिएको सिनारियो पनि त्यसकै अंश रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले काउन्सिलमा आफूले मिडियामैत्री भूमिका खेल्ने बताउनुभयो । काउन्सिलले प्रदान गर्ने पुरस्कार प्रश्नको घेरामा रहने गरेको स्मरण गर्दै उहाँले यसपटक कार्यविधि बनाएर पारदर्शी ढंगले काम गर्ने पर्यत्न भइरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्ष प्रेम केसी, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, कमल खत्री, सावित्री गिरी, विजय मल्ल लगायतले महासंघ र प्रेस काउन्सिलसंग सम्बन्धित विषयमा सुझाबसंगै जिज्ञासा राख्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष गिरीले कार्यबहाक अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष पोख्रेल र काउन्सिल सदस्य अर्याललाई खादा लगाएर स्वागत गर्नुभएको थियो भने बाँके शाखाले प्रकाशित गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गरिएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]