२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

आइतबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन १८, २०८२

मेष-हतारको निर्णयले हानि हुन सक्छ। रिस र आवेग नियन्त्रणमा राख्नुहोस्। परिवार र साथीहरूबाट समर्थन पाउन सकिनेछ। चोटपटक वा झगडाबाट बच्नुस्।

वृष-नयाँ योजना बन्नेछ। मनमा तनाव भए पनि लाभदायक प्रस्ताव आउने संकेत छ। खर्चमा नियन्त्रण आवश्यक छ।

मिथुन-सामाजिक र व्यवसायिक प्रतिष्ठा बढ्नेछ। साथीभाइ र दाजुभाइको साथ मिल्नेछ। अध्यात्म र धर्मप्रति रुचि बढ्नेछ।

कर्कट-धेरै कुरा सोचेर मानसिक थकान हुन सक्छ। वैवाहिक सम्बन्धमा तनाव आउन सक्ने सम्भावना। ऋण वा पुराना झन्झटबारे पुनः विचार गर्नुहोस्।

सिंह-वैवाहिक र साझेदारी सम्बन्धमा संवेदनशील बन्ने दिन। असमझदारीबाट टाढा रहनु राम्रो। आत्मचिन्तन वा ध्यान लाभदायक हुनेछ।

कन्या-स्वास्थ्य र कार्यक्षेत्र दुवैमा सजग रहनुपर्ने दिन। कामको चापले थकान आउन सक्छ। खर्च बढ्ने संकेत पनि देखिन्छ।

तुला-मन रमाउनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। सन्तान वा शिक्षा सम्बन्धी चिन्ता हुन सक्छ। सिर्जनशील काममा सफलता मिल्नेछ।

वृश्चिक-पारिवारिक जिम्मेवारी बढ्न सक्छ। पितृ सम्पत्ति वा घरसंग सम्बन्धित छलफल सम्भव छ। मनोबल घट्न सक्छ।

धनु-यात्रा वा अध्ययनको अवसर मिल्नेछ। भाइबहिनी वा साथीहरूसँग सहयोग मिल्नेछ। धर्मकर्मप्रति आकर्षण बढ्नेछ।

मकर-धन लाभ र पारिवारिक सहयोग मिल्नेछ। तर खर्च नथामिएला। काममा आत्मविश्वास बढ्नेछ।

कुम्भ-मनमा अस्थिरता, निर्णय गर्न गाह्रो महशुस हुन सक्छ। चन्द्र–शनि युति मनोबल घटाउने छ। तर आत्मचिन्तनले नयाँ बाटो दिन सक्छ।

मीन-शरीरमा कमजोरी महसुस हुन सक्छ। गोप्य शत्रु सक्रिय हुन सक्छन्। मनमा अनावश्यक चिन्ता आउन सक्छ। अाफूलाई समय दिनु पर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!