२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु लाइसेन्स नभएको छोरालाई चलाउन दिने आमा र छोरा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन १८, २०८२

दाङ । तुलसीपुर १९ बासगढीमा पैदल हिडीरहेकी स्थानिय ६५ बर्षीया गौमती रोकालाई हिजो मोटरसाइकलले ठक्कर दिएको थियो । हिजो दिउँसो करिब साढे २ बजेको समयमा रा ५ प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते भएकी रोकाको उपचारको क्रममा मृत्यु भएको छ । रोकालाई ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–७ का १६ वर्षका लक्ष्मण भुसाललाई प्रहरीले हिजै पक्राउ गरिसकेको थियो । उपचारकै क्रममा हिजो साझ साढे ६ बजेको समयमा बाँकेको मेडिकल कलेज कोहलपुरमा उहाँको मृत्यु भएपछी मोटरसाइकल चालककी आमा मिना भुषाललाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो ।

मोटरसाइकल चालकको लाइसेन्स नभएको र उक्त मोटरसाइकल लक्ष्मणकी आमा मिनाको नाममा दर्ता रहेकाले लाइसेन्स नभएका छोरालाई मोटरसाइकल चलाउन दिएको आरोपमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेषगरी अभिभावकहरुको लापरबाहीले लाइसेन्स नभएका बालबालिकालाई सवारीसाधन चलाउन दिदा ठुलो क्षेती हुने गरेको भन्दै प्रहरीले यसमा अलि सेचत हुन आग्रह गरेको छ । कसैले पनि लाइसेन्स नभएकालाई सवारी चलाउन दिदा सवारी धनिलाई समस्या पर्ने भएकाले त्यसो नगर्न प्रहरीले आग्रह गरेको हो । पक्राउ परेका आमाछोरालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरेर इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!