२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सोमबारको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन १९, २०८२

मेष -आज मानसिक सन्तुलन आवश्यक छ। बोलेका कुराको प्रभाव पर्छ, विचारपूर्वक प्रस्तुत हुनुहोस्। पारिवारिक आत्मीयता बढ्नेछ। यात्रामा सावधानी अपनाउनुहोस्।

वृष -धन लाभको संकेत देखिन्छ। पुराना साथीबाट सहयोग मिल्ने सम्भावना छ। पारिवारिक तालमेल राम्रो रहला। महत्वाकांक्षी योजना अघि बढाउन अनुकूल छ।

मिथुन -कामको चाप बढ्नेछ तर जिम्मेवारी सफलतापूर्वक पुरा हुनेछ। प्रशासनिक वा नेतृत्वसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। मान–प्रतिष्ठा बढ्ने योग छ।

कर्कट -शैक्षिक तथा आध्यात्मिक क्षेत्रमा उन्नति हुनेछ। अध्यात्मतर्फ आकर्षण बढ्न सक्छ। यात्रामा लाभ मिल्नेछ। वैदेशिक प्रयत्नहरूमा सुधार देखिन्छ।

सिंह -स्वास्थ्यमा सामान्य कमजोरी हुनसक्छ। रिस र अहंकार नियन्त्रण गर्नु राम्रो। मनमा चञ्चलता बढ्न सक्छ। खर्च बढ्ने सम्भावना, बचतमा ध्यान दिनुहोस्।

कन्या -व्यापार वा साझेदारी सम्बन्धी काममा प्रगति हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। विवाहयोग्यका लागि समय अनुकूल देखिन्छ। परिवारबाट समर्थन पाइनेछ।

तुला -दैनिक कार्यहरूमा व्यस्तता रहनेछ। सहयोगी व्यक्तिको साथले काम सजिलो बनाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। अनुशासनमा रहन सके सफलता मिल्नेछ।

वृश्चिक -मन रमाउने दिन हो। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम र मनोरञ्जनको अवसर मिल्नेछ। विद्यार्थीहरूका लागि उपलब्धिको दिन बन्न सक्छ।

धनु -पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्चमा ध्यान पुर्याउनुहोस। घरायसी विवादबाट टाढा रहनु उचित छ। मातृपक्ष वा जमिनसम्बन्धी विषयमा ध्यान दिनुहोस्।

मकर -सञ्चार र लेखनसँग जोडिएका कार्यमा सफलता मिल्नेछ। छोटो यात्रा लाभदायक बन्न सक्छ। दाजुभाइ वा साथीभाइसँग सम्बन्ध प्रगाढ हुनेछन्।

कुम्भ -धनप्राप्तिको सम्भावना छ तर फजुल खर्च पनि बढ्न सक्छ। व्यापारिक क्षेत्रमा मिहिनेतअनुसार प्रतिफल मिल्नेछ। मौखिक प्रस्तुतिमा प्रभाव पर्न सक्छ।

मीन -आत्मबल र आकर्षण बढ्ने दिन हो। नयाँ काम सुरु गर्न सकिने दिन हो। आत्मविश्वासका साथ अघि बढ्नुहोस्। व्यक्तित्वमा निखार आउनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!