२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पुल मर्मत भनेर घोराही लमही सडक बन्द गर्दा दुख: सामान्य डाइभर्सन बनाउन नसक्ने नै भयौ त ?

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन १९, २०८२

दाङ । घोराही केही समय पहिला बाटो मर्मत भनेर एक महिना सम्म घोराही लमही सडक बन्द गर्दा हामी कोहि बोलेनौ त्यसैको फाइदा अहिले पुल मर्मत भनेर फेरि चारदिन बन्द गर्न खोजिदै छ के हामी एउटा पुल मर्मत गर्दा सामान्य डाइभर्सन बनाउन नसक्ने नै भयौ त ?? हामी सङ्ग सडक डिभिजन कार्यालय सङ्ग भएका स्काभेटर,डोजर र जनसक्ति,उपमहानगर पालिका र लमही नगरपालिका सङ्ग भएका स्काभेटर डोजर र जनसक्ती त्यसमा पनि नपुगे घोराही लमही क्षेत्रमा ब्यवसायी सङ्ग भएका स्काभेटर डोजर र विभिन्न इक्युमेन्ट अझै नपुगे समग्र नागरिकलाइ अह्वान गर्ने हो भने के एउटा डाइभर्सन बनाउनै नसकियला त ? के बाटो नै बन्द गर्नु पर्थो होला त ?एउटा तालुकदार निकायले बैठक बोलाउने अनि त्यही बैठकमा गयर अर्को तालुक निकाय ले बाटो बन्द गर्ने ताली पडकायर आउने बिज्ञपति निकाल्ने अनि# हामी जनताले त्यही मान्दिनु पर्ने ?गोग्ली कुइरेपानीको मान्छे लमही पुग्नलाइ कति किलोमिटर घुम्नु पर्छ हिसाब किताब छ ?? जिम्मेवारी पाएको निकायले बर्षात लाग्नु भन्दा अगाडी पुल मर्मत गर्नु पर्छ भन्ने थाहा थियन ? ? बर्सातको समय छ सर्पको बिगबिगी छ देउखुरी का नागरिकलाइ भब्य तब्य पर्यो भने नजिकको अस्पतालमा उपचार नपायर नागरिक मार्ने ? सबै नागरिकले आवाज उठाऔ भोलिदेखी नै डाइभर्सनको काम अगाडी बढायर पर्सिदेखि साइडबाट गाडि चलायर मात्र पुल मर्मत शुरु गरौ अहिले चार दिन भनियको छ हेर्दै जानुहोला मलाइ बिस्वास छैन यिनिहरुले काम समयमै सक्छन् अनि काम नसकियको हुदा फेरि यति दिन म्याद थपियो भनेर महिनौ लगाउन सक्छन् सबै सचेत बनौ र आवाज बुलन्द गरौ आवस्यक परे सबै सहयोग गरौ र खबरदारी गरौ र आउदा दिनहरुमा जिल्लाका महत्वपूर्ण निर्णय गर्दा अल्लि गम्भीर भएर निर्णय गरौ !
लेख बिचार दाङ उद्योग बाणिज्य संघ घोराहीका नि वर्तमान अध्यक्ष नारायण भुसाल दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!