२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

महोत्तरीबाट प्रहरीले ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १९, २०८२

महोत्तरी । रामगोपालपुर नगरपालिका -५ रामगोपालपुर चोकबाट अवैध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।आइतबार साँझ मकवानपुर राक्सिराङ गाउँपालिका -४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई करिब ४ सय ७० किलो ९ सय ६० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना ६ ख २९१९ नम्बरको ट्रकबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!