१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना भदौ ५ र ६ गते गर्ने तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १९, २०८२

काठमाडौं । महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गर्ने भएको छ । देशभरि कार्यरत सबै तहका महिलालाई काठमाडौंमा भेला गरी सम्मेलन आयोजना हुन लागेको हो ।

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार आगामी ५ र ६ भदौमा महिला प्रहरी सम्मेलनको तयारी भइरहेको छ । आन्तरिक तयारी भइरहेको भए पनि औपचारिक घोषणा भइनसकेको उनले बताए ।

सम्मेलनका लागि अपराध अनुसन्धान विभागका एआइजी राजन अधिकारीको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ । समितिमा डिआइजी सञ्जीव शर्मा दास, एसएसपीहरू सानुराम भट्टराई, तारादेवी थापा र वसन्त रजौरे र एसपी ऋषिराम कँडेल सदस्य छन् भने एसपी बसुन्धरा खड्कालाई सदस्यसचिव तोकिएको छ । लैंगिक समानता र लैंगिक न्यायलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभरीबाट करिब दुई सय महिला प्रहरी भेला गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयभित्रै हुन लागेको सम्मेलनअन्तर्गत अनुभव आदान–प्रदानदेखि प्यानल छलफलसम्मको तयारी छ ।

सम्मेलन आयोजना समितिका संयोजक एआइजी अधिकारीका अनुसार नेपाल प्रहरी लैंगिक नीति ०८१ कार्यान्वयनको क्रममा यो कार्यक्रम गर्न लागिएको हो । नेपाल प्रहरी लैंगिक नीति राष्ट्रियस्तरको महिला प्रहरी सम्मेलन गर्ने उल्लेख छ ।

‘नेपाल प्रहरीमा महिलाहरूको ठुलो योगदान छ, सम्मेलनमार्फत उहाँहरूको भूमिकालाई अझै सबल बनाउने र संगठनले लिएको नीतिलाई प्रभावकारी बनाउन हामीले यो सम्मेलन आयोजना गर्न लागेका हौँ,’ एआइजी अधिकारी भन्छन्, ‘महिलामैत्री सेवाप्रवाह पनि यो सम्मेलनको मुल मुद्दा हो ।’ महिला प्रहरीको क्षमता अभिवृद्धि र उनीहरूले भोगेका समस्या समाधान पनि सम्मेलनको उद्देश्यमा छ ।

नेपालमा ००८ सालदेखि महिला प्रहरी भर्ना भएका हुन् । पहिलो महिला प्रहरी चैत्यमाया डंगोल पनि सम्मेलनमा सहभागी हुनेछिन् । हाल महिला प्रहरीको संख्या १२ प्रतिशत पुगेको छ । बिशिष्ट तहको पदमा दर्जन महिला पुगिसकेका छन् ।

अवकाशप्राप्त महिला प्रहरीको अनुभव सुन्नेदेखि सफल महिलालाई सम्मान गर्नेसम्मका कार्यक्रम सम्मेलनमा राखिएको छ । महिला प्रहरीका समस्या सुन्ने र त्यसलाई समाधानका लागि पनि यो सम्मेलन प्रभावकारी हुने एक प्रहरी अधिकारी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

error: Content is protected !!