२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एआईजी टेकबहादुर तामाङद्वारा बढुवा भएका प्रहरी नायव निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २०, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२।०४।१६ गतेको पत्रले २०८२/०४।१५ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुमा, प्रहरी नायव निरीक्षक दिपक गिरी र प्रहरी नायव निरीक्षक देव शंकर खड्का हुनुहुन्छ ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका जुनियर प्रहरी अधिकृतहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी कर्मचारीहरुको तर्फबाट प्रहरी नायव निरीक्षक दिपक गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव, अवसर र चुनौतीको सम्बन्धमा मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायतका सिनियर प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]