२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

साइबर अपराधको कसुरमा फेरि शर्मिला वाइबा पोखराको लेकसाइडबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २०, २०८२

काठमाडौं । जिल्ला अदालतले गत २६ साउनमा वाइबाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो र कास्की प्रहरीले उनलाई पक्राउ गरेको छ।

वाइबा यसअघि पनि साइबर अपराध र कुटपिटको मुद्दामा पक्राउ परेकी थिइन् र धरौटीमा रिहा भएकी थिइन्।

आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् ।

साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले गत २६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो ।

त्यसैका आधारमा वाइबा पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्
साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा शर्मिला वाइबा पोखराको लेकसाइडबाट पक्राउ परेकी छन्।

काठमाडौं जिल्ला अदालतले गत २६ साउनमा वाइबाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो र कास्की प्रहरीले उनलाई पक्राउ गरेको छ।

वाइबा यसअघि पनि साइबर अपराध र कुटपिटको मुद्दामा पक्राउ परेकी थिइन् र धरौटीमा रिहा भएकी थिइन्।

आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् ।

साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले गत २६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो ।

त्यसैका आधारमा वाइबा पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

‘साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी थियो, त्यसकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो,’ ओलियाले भने, ‘अब वाइबालाई थप कारबाहीका लागि काठमाडौं पठाउँछौं ।’

उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् ।  त्यतिबेला उनी कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।

आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले सामाजिक सञ्जाल तथा युट्युबलगायत माध्यममा भत्ता रूपमा प्रस्तुत हुँदै आइरहेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]