२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा भीषण भयानक बाढी गाउँमा ठूलो विनाश ४ जना मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २०, २०८२

भारत । उत्तरखण्ड बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ ।

उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त अर्याले धाराली गाउँमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडिया टाइम अफ इन्डियाले उल्लेख गरेको छ । उनका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।

उक्त क्षेत्रको खोज र उद्धार कार्यका लागि सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू खटाइएको उनले जानकारी दिए । अर्याका अनुसार उक्त प्रभावित क्षेत्रमा थुप्रै साना गेस्ट हाउस, होटेल र रेस्टुरेन्टहरू रहेका छन् ।

भारतका गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग घटनाको सम्बन्धमा कुराकानी गर्दै धराली क्षेत्रमा क्लाउडबर्स्टका कारण भएको व्यापक क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]